नेपाल र चीनवीच ५६ वटासम्म उडान हुने

२०७० फाल्गुन १३ गते, मंगलवार


काठमाण्डौ ,१३ फागुन। नेपाल र चीनवीच सातामा ५६ वटासम्म उडान गर्न पाउनेगरि हवाई सम्झौता भएको छ । यसअघि सातामा १४ वटामात्र उडान गर्ने प्राबधान रहेको हवाई सम्झौतालाई संसोधन गर्दै तत्कालका लागि ५६ उडान र र बार्षिकरुपमा सातामा ७ उडान थप्नेगरि सम्झौता भएको हो ।सोमबार पर्यटन मन्त्रालयमा पर्यटन सचिव सुशील घिमिरे र चिनियाँ नागरिक उड्डयन प्राधिकरणका उपप्रशासक जिया जिङहुवावीच संसोधित सम्झौतापत्रमा हस्ताक्षर भयो ।
‘यो सम्झौताअनुसार आगामी दुई बर्षमा हरेक बर्ष साप्ताहिकरुपमा ७ वटा सिधा उडान थप गर्न सकिने छ’ पर्यटन मन्त्रालयका सससचिव सुरेश आचार्यले भने–‘सन् २०१६ सम्म दुवै देशले हप्तामा ७० वटा उडान भर्न सक्नेछन् ।’
नयाँ सम्झौताले दुवै मुलुकलाई जुनसुकै प्रकारको बिमानबाट असिमित कार्गो उडान गर्ने अधिकार दिएको छ । साथै दुई पक्षीय र तेस्रो पक्षीय कोड सेयरिङको प्राबधानलाई पनि खुला गरिएको छ ।यो सम्झौताले नेपाली हवाई सेवालाई ल्हासा उडान गर्ने अनुमति दिएको छ । यसअघि चीनले नेपालका निजी कम्पनीहरुलाई त्यस्तो अनुमति दिएको थिएन् । जसले गर्दा काठमाण्डौ–ल्हासाको एकतर्फि उडानका लागि साढे ४ सय डलरको महंगो शुल्क तिर्नुपर्दथ्यो । सहसचिव आचार्यका अनुसार नेपाली बायुसेवा कम्पनीले चाहेका बेला अब ल्हासाको उडान सम्भव हुने छ ।
यसैगरि चीनले त्यहाँको सवैभन्दा पुरानो शहर जियानमा नेपाली बायुसेवा कम्पनीलाई उडान गर्ने अनुमति दिएको छ । अब नेपाली बिमान चेङदु, ल्हासा, बेइजिङ, कुनमिङ, सांघाई, ग्वाङजाउ र जियान गरि ७ वटा शहरमा उड्न पाउने छन् । नेपाली पक्षले कैलाश मानसरोवरका लागि सर्कल उडान गर्न नेपाली हेलिकोप्टर कम्पनीलाई अनुमति दिन माग गरेको थियो । यस बिषयमा सम्बन्धित अधिकारीसँग छलफल गरेर प्रतिक्रिया दिने चिनियाँ प्रतिनिधिले आश्वासन दिएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु