आज शिवरात्रि

२०७० फाल्गुन १५ गते, बिहीबार


काठमाडौं, १५ फागुन।हिन्दू धर्मावलम्बीले प्रत्येक वर्ष फागुन चर्तुदर्शीका दिन मनाउदै आएको शिवरात्रि पर्व आज पनि हर्सोउल्लास पुर्बक मनाइँदैछ । आज पशुपतिलगायत देशभरका शिवालयमा भगवान शिवको पूजा तथा आराधना गरी उपासना समेत गर्ने प्रचलन रहेको छ ।विभिन्न १२ ज्योतिर्लिङ्गमध्ये पशुपतिनाथ पनि महत्वपूर्ण भएकाले हिन्दू धर्मावलम्बीले शिवरात्रिमा सो मन्दिरमा दर्शन तथा पूजा गर्ने प्रचलन छ । नेपालका राष्ट्रिय र आराध्य देवताका रूपमा पनि उनी पुजिन्छन् । वुद्धि र विवेकको अभाव तथा मोह र मायाको अन्धकारमा रही बन्धन वा पाशमा रहेकालाई पशुपतिको आराधना र उपासनाबाट मुक्ति मिल्ने विश्वास छ ।पशुपतिनाथ मन्दिरमा दर्शनका लागि भारतलगायत विभिन्न देशबाट पाँच हजार साधुसन्त भित्रिएका छन् । पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा गोविन्द टण्डनले दर्शनका लागि आएका साधुसन्तको सेवा सुविधा तथा व्यवस्थापन गर्ने उद्देश्यले उनीहरुको स्तर हेरी २ सयदेखि पाँच हजारसम्म दक्षिण दिएर बिदाई गरिने व्यवस्थासमेत गरिएको जानकारी दिए ।कोष र गुठी संस्थानले दक्षिणा, भेटी, दही, मिठाइलगायत खानेकुरालगायतको व्यवस्था पनि गरेको छ ।
भारतको आसामस्थित कामरूप कामाक्षाबाट १ सय १० वर्षका मिलनबाबा पशुपतिमा आएको कोषले जनाएको छ ।नेपालको जनकपुर, वीरगन्ज, हेटौँडा, नेपालगन्ज, चितवनलगायत तथा भारतका विहार, हरियाणा, गुजरात, मुम्बइ, कर्णाटक आदि स्थानबाट साधुसन्त यहाँ आएका छन् । उनीहरू मन्दिरको आसपास क्षेत्र, श्लेषमान्तक, राम मन्दिर, अन्नपूर्ण भण्डारलगायत स्थानमा धुनी जगाउँदै, शक्तिको पूजा गरी खरानी घस्ने तथा गाँजा खाँदै निश्चिन्त भई जीवन जगत्को चिन्तन तथा परमात्माको साक्षात्कार गरिरहेका छन् । विभिन्न भजन कीर्तनमा समेत उनीहरू सहभागी भएका छन् ।कोषका अनुसार दर्शनका लागि विभिन्न देशबाट आउने भक्तजनहरुको सुरक्षा तथा व्यवस्था गर्नका लागि करिब तीन हजार सुक्षाकर्मी र १० हजारभन्दा बढी स्वयम्सेवक परिचालन समेत गरिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु