अन्तर्राष्ट्रिय ह्वीलचियर दिवस मनाइदै
काठमाडौं, फाल्गुन १७ । आज अन्तर्राष्ट्रिय ह्वीलचियर दिवस,‘तपाइँ विशेष हुनुहुन्छ, म विशेष छु’ भन्ने सन्देशका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यसै अवसरमा बिहान काठमाडौंमा ह्वीलचियर र्याली निकालियो ।
‘अपांगगलाई सम्मान गरौ, ह्वीलचियर मैत्री क्षेत्रका लागि सबै लागौं, बसमा ह्वीलचियर चढ्न दिनु पर्यो, भौतिक संरचना सरलीकरण भए ह्वीलचियर प्रयोगकर्ता अरु सवल व्यक्तिभन्दा कम छैनन्’ भन्ने सन्देशमुलक व्यानर र प्लेकार्डसहित भुकुटीमण्डपबाट सुरु भएको र्याली सहिदगेट, न्यूरोड, जमलहुँदै भृकुटीमण्डपपुगेर सकिएको थियो ।राष्ट्रिय अपांग महासंघका अध्यक्ष सुदर्शन सुवेदीले संविधानसभामा अपांगगहरुको हक, अधिकार सुनिश्चित हुनुपर्ने माग गरे । संविधानसभामा एकजना पनि अपांगता भएका व्यक्तिको प्रतिनिधित्व नभएको भन्दै अपांग भएका व्यक्तिलाई स्थान दिन आग्रह गरे ।वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ हरिवंश आचार्य हरिवंश आचार्यले अपांगमैत्री भवन, सडक र अपांगमैत्री शौचालय बनाउनुपर्ने बताए ।कार्यक्रमा अपांगतासँग सरोकार राख्ने एक दर्जन बढी संघ–संस्थाको सहभागिता थियो ।