हाम्रो जीवनको रक्षा गरिदिनुस्ः बर-बधु
काठमाडौँ,२३फागुन । संखुवासभा चैनपुर गाविस वडा नं. २ निवासी उमेश बराइली र सोही गाविस वडा नं. ३ निवासी रुपशना शाक्यबीच शुक्रबार अन्तरजाति विवाह कार्यक्रम सम्पन्न भएको छ । संवाद डबली आयोजित एक कार्यक्रममा बोल्दै बर र बधुले आफूले सोचविचार गरी राजीखुशीका साथ विवाह गरेकाले परिवारजन र समाजलाई जीवनमा अवरोध नगरिदिनहुन अनुरोध गरे । कार्यक्रमा बोल्दै बर बराइलीले भने, ‘हामी एक विना अर्को बाच्न नसक्ने भएकाले विवाह बन्धनमा बाधिने निधो गरेका हौँ, हामीलाई गर्नुहोस्’ । बधु रुपशना शाक्यले आफूलो लामो सोच विचार गरी आफ्नो भविश्यबारे निर्ण्र्ाालिएको बताइन ।
उनले घरपरिवारलाई आग्रह भनिन् ‘जातिय छुवाछुतमा मैले विश्वास गर्दिन, मैले गरेको निर्ण्र्ााा अवरोध भएमा मेरो जीवन नै बर्बाद हुन्छ, मेरो जीवनाको लागि पनि सहयोग गरिदिनुस् ।’ शाक्यको परिवारले उनीहरुबीचको विवाहलाई अस्वीकार गर्दै आएका थिए । बर र बधु दुवैले आफ्नो जीवना विवाहसँगै जोडिएको भन्दै रक्षाको लागि सरोकारवाला सबैसँग अनुरोध गरे ।
कार्यक्रमपछि छोटो प्रतिक्रिया दिदै बर-बधुले आफूहरु जस्तो सुकै चुनौती तथा अवरोधको सामना गर्न पनि तयार रहेको बताए । उनीहरुले छुवाछुत र अन्धविश्वासमा नपर्न युवा पुस्तालाई आग्रह गनि गरे । आफ्नो भविश्यबारे आफूले सही निर्ण्र्ाालिएकाले घरपरिवारलाई स्वीकार गरिदिनहुन बधु शाक्यले अनुरोध गरिन । २३ वषिर्य बर बराइली र २२ वषिर्य बधु शाक्यले आफूहरु दर्ुइ बर्षपहिलेदेखि प्रेम सम्बन्ध रहेको पनि विवाह कार्यक्रममा बाताएका थिए ।
नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका केन्द्रीय संयोजक तीलक परिवार, दलित अगुवा दर्ुगा सोप लगायतले वैवाहिक जीवनको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा समन्वय गरिरहेका पत्रकार तथा दलित अगुवा पदम विश्वकर्मालाई विवाह कार्यक्रममा जादै गर्दा प्रहरीले पक्राउ गरेको छ ।