काठमाडौमा उर्जासंबन्धि गोष्ठी सुरु
काठमाडौ, २३ फागुन । अन्तराष्ट्रिय उर्जा कार्यशाला गोष्ठी काठमाडौमा आजबाट सुरु भएको छ । एशियाली विकास बैंकको सहकार्यमा वैकल्पिक उर्जा केन्द्रले गोष्ठी आयोजना गरेको हो । नेपालमा अहिलेसम्म अनुदानमा मात्रै नविकरणीय उर्जाका कार्यक्रम भैरहेकाले अब अनुदान विना पनि दिगो कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले कार्यशाला गोष्ठी गरिएको केन्द्रका सूचना अधिकृत कृष्णचन्द्र पौडेलले जानकारी दिए ।
अनुदान नहुँदा पनि वित्तीय लगानीको संयन्त्र पहिचान गर्नु गोष्ठीको मुख्य उद्देश्य भएको उनले बताए । गोष्ठीमा नविकरणीय उर्जाका क्षेत्रमा देखिएका समस्या र चुनौतीका विषयमा छलफल हुने उनले बताए ।प्रविधि र परियोजनाका लागि आर्थिक र प्राविधिक पक्षमा बृहत छलफल गरी विभिन्न परियोजनामा लगानी गर्न इच्छुक लगानीकर्तासंग आधुनिक नविकरणीय उर्जा संयन्त्रकाबारे कुराकानी हुने केन्द्रले जनाएको छ । गोष्ठीमा एशिया र प्यासिफिक क्षेत्रका १० राष्ट्रका विज्ञ सहभागी छन् ।