आज महिला दिवस विभिन्न कार्यक्रम गरी मनाइदै
काठमाडौं,२४ फागुन । आज १ सय ४ औं अन्तर्राष्ट्रिय नारी दिवस । देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइदैछ । यसपटक नारी दिवसको विश्वव्यापी नारा ‘महिलाका लागि समानताः सबैका लागि प्रगति’ तय गरिएको छ । नेपालमा भने ‘महिला नेतृत्वका लागि होऔं जम्मा, घरदेखि संविधानसभासम्म’ तय गरिएको छ ।सन् १९११ को मार्चमा अन्तर्राष्ट्रिय महिला दिवस मनाइए यता संसारभर मार्च ८ तारिखमा यो दिवस मनाउने गरिएको छ ।