‘आयो होली’ चीर गाडेर शुभारम्भ

२०७० फाल्गुन २५ गते, आईतवार


काठमाडौँ ,२५ फाल्गुन । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रुपमा चीर गाडेर शुभारम्भ गरिएको छ । फागुन शुक्ला अष्टमीका दिन काठमाडौंको वसन्तपुरस्थित गद्धी बैठक अगाडि मैलको रुखलाई रङगीचङगी ध्वजापताकासाथ सिँगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु सुरु हुन्छ ।
हिन्दू धर्म अनुसार आफ्ना विष्णुभक्त पुत्र प्रह्लादको हत्या गर्न खोज्ने दैत्यराज हिरण्यकश्यपुकी बहिनी होलिकाले ब्रह्माबाट आगोले नपोल्ने वर पाएकी हुन्छिन् । प्रह्लादलाई मार्ने योजनासाथ दन्किरहेको आगोमा पस्दा होलिका आफै भष्म भएको तर प्रह्लादलाई केही नभएको प्रसंग यस पर्वसँग जोडिएको छ ।
शक्तिको दुरुपयोग गर्ने होलिका मारिएको खुशीयालीमा त्यसै बेलादेखि होली अर्थात् फागु खेल्ने परम्परा चलेको मानिन्छ । काठमाडौंसहित पहाडमा चैत्र २ तथा तराई क्षेत्रमा भने भोलिपल्ट ३ गते होली मनाइदैछ । सात दिनसम्म चल्ने यस पर्वमा प्रत्येक दिन आफ्ना दाजुभाइ तथा नातेदार भेला भई मीठामीठा खानेकुरा खाएर रमाइलो गरिन्छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु