तिब्बतीयन शरणार्थीलाई बाहिर निस्किन प्रतिवन्ध
काठमाडौं २६ फागुन। तिब्बतीयन शरणार्थीहरुले आज मुक्ति दिवशमा गर्ने सक्ने सम्भावित दुर्घटना र प्रदर्शन रोक्न उच्च सर्तकता अपनाएको छ । मिुक्ति दिवसका दिन उनीहरुले आत्मदाह सहितको आन्दोलन गर्न सक्ने भन्दै प्रहरीले उच्च निगानी बढाएको प्रहरीले बताएको छ । प्रहरी स्रोतका अनुसार कुनैपनि शिविरबाट बाहिर निस्किन नदिन ठूलो संख्यामा प्रहरी पनि परिचालन गरिएको छ । हरेक वर्ष मार्च १० तारिकका दिनमा तिब्बतीयन शरणार्थीहरुले मुक्ति दिवशका रुपमा उत्सव मनाउने गरेका छन् ।
तिब्बतीयहरुप्रति कडा निगरानी राख्दै गृहमन्त्रालयले सार्वजानकि रुपमा कुनै पनि कार्यक्रम गर्न नदिने जनाएपछि उनिहरुले आफ्ना कार्यक्रमहरु स्थगित गरेका हुन् ।नेपाली भूमीबाट कुनै प्रकारका चीन विरोधी गतिविधी हुन नदिने सरकारी नीति अनुसार सुरक्षा व्यवस्था मिलाइएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी गणेश केसीले जानकारी दिए ।यदि बाहिर निस्कनु परेमा सबै जनाले परिचय पत्र बोकेर मात्र बाहिर हिँडडुल गरर्न निर्देशन गरिएको छ । १० तारिकका दिनमा चीन विराधी गतिविधी हुन सक्ने भन्दै चीनले पनि चासो राखेको छ ।उपत्यकामा तिब्बतीयनहरुले बसोबास गर्ने स्थानहरुमा प्रहरीले कडा निगरानी राख्दै आएको छ । उच्च स्रोतका अनुसार केही दिन पहिले चिनीयाँ दुतावासले राजधानीका रहेका तिब्ब्तीयन शरणार्थीक्याम्पका प्रमुख र तिब्बतीयन युथ काँग्रेस नेपालका अध्यक्ष पासाङ सी लामालाई पक्राउ गर्न सरकारलाई दवाब दिएको थियो ।

 
                 
                             
                             
                         
                        