दुर्घटनामा एउटै गाउँका सातको मृत्यु
काठमाडौँ, २७ फागुन । गएराति दाङमा भएको जीप दुर्घटनामा एकै गाउँका सात जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन ।तुल्सीपुरबाट अमेलियातर्फ जाँदै गरेको बा. ११. च ११०८ नम्वरको जीप गएराति दुर्घटना भएको हो ।दुर्घटनामा ज्यान जानेहरु फूलवारी ६ बखरियाका खड्गबहादुर डागी,शंकर चौधरी,प्रविण खड्का, गणेश खड्का मधु योगी, रवि गिरी र पूर्णबहादुर वली रहेका छन ।
दुर्घटनामा घाइते हुनेहरुमा जीप चालक माधव रेग्मी, बिशाल परियार, भागवत बस्नेत, मिनबहादुर बस्नेत र डिल्लि पुरी रहेका छन । उनीहरु पनि फूलवारी ६ बखरियाका रहेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि नेपालगञ्ज लगिएको छ ।राप्ति राजमार्ग अन्र्तगत फूलवारी १ को धोतीफाल्नेडाडामा दुर्घटना भएको इलाका प्रहरी कार्यालय तुल्सीपुरले जनाएको छ ।जीप सडकबाट साढे तीन सय मिटर तल खसेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन।