साबधान ,जथाभावी लोला हान्दा मामाघर पुगिएला !
काठमाडौ, २८ फागुन  । प्रहरीले होलीमा जथाभावी लोला हान्ने विरुद्ध  सार्वजनिक मुद्दा चलाउने भएको छ ।इच्छा विपरित रंग दल्ने, लोला हान्ने र कानुन विरुद्धका काम गर्नेलाई कारबाही गर्न देशैभरका प्रहरी निकायलाई निर्देशन दिइएको प्रहरी प्रवक्ता एसएसपी गणेश केसीले जानकारी दिए । त्यस्ता व्यक्तिलाई केही सार्वजनिक अपराध ऐन अनुसार दुई वर्षसमको जेल सजायँ हुने व्यवस्था छ ।प्रहरी प्रवक्ता केसीका अनुसार इच्छा विरुद्ध लोला हान्ने, पानीले छ्याप्ने र रंग दल्ने विरुद्ध प्रहरीले सार्वजनिक मुद्दा समेत लगाउन सक्नेछ । प्रहरीले इच्छा विरुद्ध रंग दल्ने, लोला हान्ने, पानी छ्याप्ने र कानुनले निषेध गरेका काम गर्नेका बारेमा उजुरी गर्न आग्रह गरेको छ ।केही दिनदेखि काठमाडौ उपत्यका लगायतका शहरमा लोला हान्ने क्रम बढ्न थालेपछि प्रहरी सक्रिय भएको हो । आउँदो चैत २ गते पहाड र ३ गते तराईमा होली पर्व मनाइदैछ ।
भक्तपुरमा होली पर्वलाई विकृतिमुक्त बनाउन ठाउँठाउँमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ । विगतमा बिस्केट जात्रा, गाईजात्रा जस्ता चार्डपर्वमा विकृति फैलाउनेहरुलाई विशेष निगरानीमा राखिएको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक जगतमान श्रेष्ठले बताए ।होली पर्वमा जथाभावी लोला नहान्न सबैलाई आग्रह गदै एसपी श्रेष्ठले यदि त्यसो गरिएमा तत्काल कारबाही गरिने र अन्य समयमा समेत विशेष निगरानीमा राखिने बताए । होली सुरु नहुँदै जथाभावी फोहोर पदार्थले अरुलाई हान्ने र होली पर्वमा महिला तारो बन्नुपर्ने अवस्था आएकाले प्रहरीले सचेतना जगाउने कार्य गरेको हो ।

 
                 
                             
                             
                         
                        