आगलागीबाट लाखौंको नोक्सानी

२०७० फाल्गुन ३० गते, शुक्रबार


काठमाडौं, ३० फागुन। गोरखाको बुङ्कोट गाविसमा शुक्रबार बिहान आगलागी हुँदा करिब सात लाख रुपैयाँ बराबरको धनमाल नोक्सान भएको छ । आगलागीबाट एकतले कच्चीघर जलेर नष्ट भएको छ ।
गर्मी बढेसँगै गोरखामा आगलागीका घटना बढेको हो । बुङ्कोट गाउँ विकास समिति-१ मा रहेको भीमबहादुर कुँवरको घरमा रहेका अन्नपात, लत्ताकपडा नष्ट भएको छ ।बिहानको खाना खाएपछि पानी लिन बाहिर गएका बेला अकस्मात आगलागी भएको हो । यसअघि केही दिनअगाडि सौरपानी-३ मा आगलागी हुँदा दुई लाख १५ हजार भन्दा बढीको क्षति भएको थियो । रासस

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु