जेष्ठ नागरिकद्वारा नेताहरुको श्राद्ध
काठमाडौं, ११ चैत्र । काठमाडौंको बानेश्वरमा लामो समयदेखि धर्नामा बस्दै आएका जेष्ठ नागरिकले सरकार आफ्ना माग पूरा गर्न गम्भीर नभएको भन्दै आज दलका नेताहरुको श्राद्ध गरेका छन् । जेष्ठ नागरिकहरुले पटक–पटक दलका नेताहरुले आफूहरुको माग पूरा गर्ने आश्वासन दिएपनि अहिलेसम्म माग पूरा नभएको भन्दै श्राद्ध गरेका हुन् ।एक वर्षदेखि आन्दोलनरत ज्येष्ठ नागरिकहरुले आफूहरुको माग पूरा नभएको भन्दै आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेका थिए ।जेष्ठ नागरिकहरुले सार्वजनिक सवारी साधनमा ५० प्रतिशत छु्ट दिनुपर्ने, ६० वर्ष पूरा भएका सबै ज्येष्ठ नागरिकलाई बृद्धभत्ताको व्यवस्था गर्नुपर्ने, तीन हजार रुपैयाँ बृद्धभत्ता दिनुपर्ने, उपचार खर्चमा ५० प्रतिशत छुट पाउनुपर्ने लगायतका माग राखेर आन्दोलन गर्दै आएका छन् ।