आज पिशाच चतुर्दशी

२०७० चैत्र १५ गते, शनिबार


काठमाडौं , १५चैत्र – आजमहादेवको पुजाअर्चना गरिने पिशाच चतुर्दशी पर्व मनाइँदैछ । नेवारी भाषामा पाहाँ चह्रेको नाममा परिचित यस चाडलाई उक्त समुदायले बडादशैंपछिको ठूलो मान्छन् । त्यसक्रममा महादेवलाई मासु, जाँड, रक्सी, लसुन र छापीसहितको भोज चढाउने चलन छ । ‘लुकुमाःद्य (लुकिराखेको महादेव)’ का रूपमा पूजा अर्चना गरिन्छ । चढाएको बत्तिमा भोटे तालाको साँचोमा ध्वाँसो थापेर गाजल बनाइन्छ । आँखा तेजिलो र भूतप्रेतको दृष्टि नपरोस् भन्ने कामना गर्दै उक्त गाजल लगाउने चलन छ । महादेवले पिशाचको रूप धारण गरेकाले यसलाई पिशाच चतुर्दशी भन्ने गरेको किंवदन्ति छ । राति नरदेवीस्थित डबलीमा श्वेतकालीको नाच देखाइन्छ । भद्रकाली, श्वेतकाली, रक्तकाली, नीलबाराही, उग्रतारालगायत शक्तिपीठमा बिहानैदेखि पूजाअर्चना गरी बलि चढाइन्छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु