आज चैते दशै
काठमाडौ, २४चैत । आज चैत्राष्टमी अर्थात चैते दशैं देशभर दुर्गा भवानीको पूजा आराधना गरी मनाईंदैछ ।यस अवसरमा काठमाडौ सहित बिभिन्न ठाउँका शक्तिपीठ तथा मन्दिरहरुमा विहानैदेखि दर्शनार्थीको घुईंचो लागेको छ ।चैते दशैंको अवसर पारेर सोमबार भगवतीका मन्दिरहरुमा पूजापाठका साथ पशुबलि चढाउने चलन छ । वर्षको दुईपटक चैत र आश्विनमा गरिने दुर्गापूजाको विशेष महत्व रहेको हिन्दु धर्मशास्त्रहरुमा उल्लेख छ ।