राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरुहुदै

२०७० चैत्र २६ गते, बुधबार


काठमाडौ, २६चैत । एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता बुधबारदेखि काठमाडौ र पोखरामा सुरु हुँदैछ ।११ टिम सहभागी प्रतियोगिताको समूह ए मा साबिक विजेता सशस्त्र प्रहरीको एपिएफ क्लब, क्षेत्र नम्बर २ वीरगन्ज, आर्मी क्लब, क्षेत्र नम्बर ६ बैतडी र क्षेत्र नम्बर ७ पोखरा छन् ।
समूह बीमा क्षेत्र नम्बर ४ भैरहवा, क्षेत्र नम्बर ७ जनकपुरधाम, क्षेत्र नम्बर १ विराटनगर, क्षेत्र नम्बर ५ नेपालगन्ज, क्षेत्र नम्बर ९ धनगढी र क्षेत्र नम्बर ३ काठमाडौ रहेका छन् ।
समूह ए को खेल पोखरामा हुने छ भने समूह बी को सबै खेल, सेमिफाइनल तथा फाइनल खेल काठमाडौमा हुने आयोजक नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । बुधबार पोखरामा क्षेत्र नम्बर २ वीरगञ्ज र क्षेत्र नम्बर ६ बैतडी भिड्नेछन् भने ललितपुरको पुल्चोक मैदानमा क्षेत्र नम्बर ३ काठमाडौ र क्षेत्र नम्बर ४ भैरहवाबीच खेल हुनेछ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु