पन्ध्र गाविसका एउटै सचिव

२०७० चैत्र २८ गते, शुक्रबार


काठमाडौँ । कालिकोटमा गाउँ परिषद्पछि १७ औँँ जिल्ला परिषद् सम्पन्न भएपछि घरबिदामा गएका गाविस सचिव जिल्ला नफर्किंदा सेवाग्राही समस्यामा परेका छन् भने एउटै सचिवले १५ गाविस हेर्नु परेको छ ।
कालीकोट जिल्लामा ३० वटा गाविसमध्ये १५ गाविसका सचिवहरु एकै समयमा घरबिदामा गएका छन् । जुविथा गाविसका सचिव विष्णुऋषि आर्चायले अहिले सदरमुकाम मान्म लगायतका जिल्लाका १५ गाविसको कामको जिम्मा लिएको र अन्य गाविसको समेत काम जारी राखेको बताए ।
गाविसका सचिवहरु एकै समयमा बिदामा गएपछि सेवाग्राही मारमा परेका छन् । अहिले अधिकांश गाविसमा भवन नभएका कारण सदरमुकामबाटै हरेक काम भइरहेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध

२०८२ कार्तिक १५ गते, शुक्रबार

विश्व सहरीकरण दिवस मनाइँदै

२०८२ कार्तिक १५ गते, शुक्रबार

आज भारी वर्षा र हिमपातको सम्भावना

२०८२ कार्तिक १५ गते, शुक्रबार

‘मोन्था’ चक्रवातको प्रभाव : देशभर वर्षा

२०८२ कार्तिक १४ गते, बिहीबार