२०७१ सालको भविष्यवाणी र राशीफल – ज्योतिष पण्डित ओजराज लोहनी
यस वर्षको संवत्सर प्लवङ्ग हो । यो प्रभवादिदेखि ४१ औँमा पर्दछ । यस वर्षको राजा र मन्त्री पदमा चन्द्रमा, सस्येशमा गुरु, रस्येशमा शनि, निरस्येशमा बुध, मेघेशमा सूर्य, धनेशमा भौम, फलेशमा सूर्य, धनेशमा बुध, दुर्गेशमा सूर्य रहेका छन् । यस प्रकारको ग्रह गठनलाई विचार गर्दा शुभ र अशुभ ग्रहहरू बरावरी हैसियतमा रहेको बुझिन्छ । राजा र मन्त्रीको संयुक्त कार्यभार चन्द्रमाले नै समालेको अवस्था छ । कार्यव्यस्थता र खबरदारीको अभावले बुझाई कमी हुन सक्ने सम्भावना प्रशस्तै रहने छ । वर्ष आरम्भमा चन्द्रमा कन्या राशिमा बुधका घरमा रहको र चन्द्रको बुधसँग मित्रभाव रहने, बुधको चन्द्रसँग शत्रुभाव रहने पनि राजा र मन्त्रीको पद समालेका चन्द्रमा शत्रुृभाव राख्ने बुधका घरमा रहनुले आफ्नै बचाउमा समय व्यतित हुने छ । यसले महत्वपूर्र्ण कामहरूमा दृष्टि कम हुने एवं सचेत गराउनेको अभाव हुने र एकल शक्तिको उन्माद बढ्न सक्ने सम्भावना बढी रहने छ । जगलग्नतिर नजर लगाउदा वर्ष आरम्भ मिथुन लग्नमा भएको छ । द्विस्वभाव लग्न र लग्नमा बसेका गुरु दृष्टिबल विहिन अनि बुधले आफ्नै घरमा शत्रुभाव राख्ने एवं केन्द्रादि दोषसहितको अवस्था त्यति सन्तोषप्रद देखिन्न ।
स्वयम् लग्नेश बुध पनि निच भई दशम भावमा रहनुले राज्य सञ्चालकहरूमा दिक भ्रमिकता हुने छन् । द्वितीयेश, षष्टेश, चतुर्थ भावमा चन्द्रमा तथा मंगल रहनुले आन्तरिक कलह धेरै बढ्ने छ । राज्य सञ्चालनमा अविश्वासको वातावरण सृजना हुने छ । चतुर्थभाव मित्रभाव पनि भएकोले दक्षिणतर्फबाट नकारात्मक दृष्टि पर्न सक्ने छ । राजनीति हस्तक्षेपसहितको सैन्य घुस–पैठ हुन सक्ने भएकोले राज्य सञ्चालकहरूले दुरदृष्टि राखेनन् भने ठूलै क्षति हुन सक्ने छ । राजनीतिज्ञहरूमा राष्ट्रियता र धर्मप्रति उदासिन्ता बढ्दै जाने र गैरराजनीतिज्ञहरूमा राष्ट्र र धर्मप्रति चासो बढ्दै जाँदा द्वन्द बढ्ने सम्भावना पनि कम छैन । पञ्चमेश शुक्र, नवौँ शनिको घरमा नवमेश शनि, पञ्चम शुक्रको घरमा घर परिवर्तन गरेर बसेकोले वैज्ञानिक कार्यमा रुचि बढ्ने एवं विकासका कामहरूमा केही प्रगति हुने छ ।
विलासितामा मानिसहरू उत्सुक रहने छन् । महिला—पुरुषबीचको द्वन्द बढी नै हुने देखिन्छ । धार्मिक र प्राकृतिक दृश्यावलोकनको दृष्टिले पर्यटकीय क्षेत्रमा उल्लेखनीय सुधार आउने भएकोले वैदेशिक व्यापारमा प्रशस्त सुधारका सम्भावनाहरू देखिए पनि आन्तरिक कलहका कारण व्यवधान आउन सक्ने छ । दशम बुध निच एवं एकादश केतु भएकोेले यसवर्ष देशले ठूलो आर्थिक कठाइ भोग्नु पर्ने छ । गृह भावमा चन्द्रमा, मंगल भएकोले अतिवृष्टि, खण्डवृष्टि पश्चिमी तराईमा सामुद्रिक आँधिको प्रभाव रहने छ । हुरिबतासले पनि आतङ्कित बनाउने छ । बाढिपहिरोको सम्भावना पनि बढि नै छ ।
वर्ष आरम्भमा हवाईजहाज दुर्घटनको सम्भावनाको रहेको छ । आषाढ ३० गतेदेखि भाद्र १९ गतेसम्म शनि मंगल तुलाराशिमा रहने भएको एवं ज्योतिषीयदृष्टिमा शनि मंगलको संयोग वा परस्पर दृष्टि अशुभ मानिन्छ । यस्तो समयमा भूकम्प बाढिपहिरो, प्राकृतिक प्रकोप, हवाइजहाज दुर्घटनाको बढि सम्भाना रहन्छ । यस्तो समयमा राजनीतिमा उतार चढाव आउँदा सैन्य प्रयोग र अन्तराष्ट्रिय हस्तक्षपको भय रहन्छ । विशेसत यो वर्ष श्रीमद्भागवतको द्वादश स्कन्धको द्वितीय अध्ययको २४ श्लोकले भनेअनुसार तिष्य नक्षत्रमा सूर्य र चन्द्र हुनु एवं साथमा बृस्हपति भएको अवस्थामा धर्म युगको आरम्भ हुन्छ । यही शास्त्रीय मान्यताअनुसार शनि एवं मंगलको संयुक्त बसाइसँगै २०७१ साल श्रावण १० गते दिउँसो ३ बजेर १९ मिनेटमा तिष्य नक्षत्र शुरु हुन्छ ।
१२ गते राति ८ः२५ सम्म बृहस्पति, चन्द्रमा, सूर्य, बुध एक साथ रहन्छन् । यो समयमा धर्मयुगको आरम्भ हुन्छ भन्ने भनाईलाई मान्यता राख्ने हो भने संसारको उच्च भूभाग नेपालमा रहेको छ, यो पुण्य भूमि पनि भएकोले, नेपालको राशिदेखि भाग्य स्थानमा बन्ने गजकेशरी योगले गर्दा राजनीतिमा खराब आचरणका व्यक्तिको अन्त र युगपूरुष पैदा हुने वा कसैमा दैवी शक्तिको प्रवेश भएर सत्ता परिवर्तन गराउने सम्भावना वलियो रहने छ । यो समय नेपालको लागि युगौँको ऐतिहासिक हुन सक्छ यदि हामीले समयलाई चिन्न सक्यौँ भने । कार्तिक १ गतेदेखि २५ सम्म नेपालको राशिदेखि बाह्रौ सूर्य, शनि, बुध र शुक्र द्वितीय मंगल रहने हुँदा राजनीति खिचातानी बढ्न सक्छ । मंसीरदेखि देशले आमुल परिवर्तनसहित युगान्तकारी गति लिने छ । यो क्रममा थुप्रै अप्रिय घटनाहरू घटन सक्छन् । सबैले संयम हुनु जरुरी छ । अन्तराष्ट्रहरूमा यो वर्षको ग्रहगोचर भरतको लागि निकै कष्ट कर हुन सक्छ ।
श्रावण ३० गतेबाट भारतको राशिदेखि बाह्रौ गुरु भएकाले आन्तरिक कलह निकै बढ्ने छ । वैदेशिकसम्वन्ध सबैसँग विग्रने प्राकृतिक, राजनैतिक समस्याले शताब्दीकै ठूलो समस्या आउन सक्छ । पाकीस्थान, श्रीलंका, माल्दिप्स, भूटान, म्यानमार, फिलिपिन्समा राजनैतिक कठिनाइ बढ्ने एवं अमुल परिवर्तन हुने संकेत देखिन्छ । यी देशहरूलाई दैवी प्रकोपले दुःखी बनाउने छ । जापान, चीन तथा कोरियाले ऐतिहासिक फड्को मार्ने छन् । पश्चिमी देशहरू स्वीजरल्याण्ड, फ्रान्स आर्थिक संकटमा पर्ने र जनविद्रोहको चपेटामा पर्ने सम्भावना छ । अमेरिकामा आन्तरिक कलह बढ्ने सम्भावना छ ।
यस वर्ष चित्रा स्वाति र विषाखा नक्षत्रको बिषु विग्रेको छ, शान्ति स्वस्ति गर्नुहोला ।
यस वर्षको कार्तिक २५ गतेसम्म कन्या राशिलाई अन्त्य, तुला राशिलाई मध्य, वृश्चिक राशिलाई आद्य, शनि साढेसाती रहने छ । कर्कट र मीन राशिलाई शनि अढैया कार्तिक २५ गतेसम्म रहने छ । २६ कार्तिकदेखि कन्या राशिलाई साढेसातीले छोड्ने र धनु राशिलाई साढेसाती आरम्भ हुने छ । कर्कट र मीन राशिलाई अढैया शनि समाप्त हुने छ । सिंह र मेषलाई अढैया शनि आरम्भ हुने छ । जन्मकालिन शनि राम्रो भएमा साढेसातीले राम्रो फल दिने छ । शनि खराब भएमा अनिष्ट हुने छ । अढैया शनि भने कसैलाई पनि राम्रो हुँदैन । शनि दोषको निवारणका लागि शनिबारको दिन विहान भैरव मन्दिर जाने । भैरवको पूजा गरी बत्ति बाल्ने । त्यसपछि २ गज कालो कपडा भैरवको दाँया हातमा राख्ने अनि दश कदपछि हटेर फर्की पुनः उता नहेरी हिँडने । यस क्रममा भैरवमन्दिर भेटिएन भने नजिकको नदीमा जाने पूजा गर्ने, बत्ति बालेर नदी आएको तर्फ फर्की शनि दोष नाश होस् भनेर बगाउने । बत्ती बगाएको तिर नहेर्ने यसले शनि दोष कम हुन्छ ।
मेष
ग्रह गोचरको हिसाबले यो वर्ष मध्यम रहने छ । वर्षारम्भको समयमा शनि तथा बृहस्पति अनुकूल भएकोले भाग्य र कर्म बलियो रहन्छ । राज्यबाट सम्मान, सामाजिक कार्यमा रुचिका साथै सफलताले खुशी पनि प्राप्त हुने छ । धर्मिक कार्यहरू पनि हुने छन् । तीर्थयात्राको अवसर मिल्ने छ । दोस्तीलाई प्रेममा र प्रेमलाई विवाहमा परिणत गर्ने अवसर मिल्ने छ । वैदेशिक एवं स्वदेशको व्यापार फष्टाउने छ । विदेश बस्ने प्रयासमा हुनुहुन्छ भने त्यो पनि सहज हुने छ । नोकरीमा उन्नति, राजनीतिमा प्रगति गर्न आफ्नै प्रयास प¥याप्त हुने छ । घर तथा सवारी साधन जोड्ने तरखरमा हुनुुहुन्छ भने छ त्यो पनि सहज हुने छ । आम्दानीका नयाँ श्रोतहरू फेला पर्ने छन् । कुटनैतिक क्षेत्र राम्रो छ । राजनैतिक नियुक्तीको पनि सम्भावना छ । वैज्ञानिक कार्यमा रुचि बढ्ने छ । सन्तानबाट सुख र सन्तान नहुनेहरूको सन्तान प्राप्तीको योग पनि छ । साहित्यकर्मीहरूले ठूलै फड्को मार्ने छन् । लेख रचानाको लागि समय राम्रो छ । ठूला व्यक्तिले परामर्श लिनेछन् । कार्तिक २६ गतेदेखि अढैया शनि आरम्भ हुने छ । त्यसपछि स्वास्थ्ययमा बाधा आउने पति पत्नीबीच वादविवाद बढ्ने, मन अशान्त हुने, काममा अवरोध आउने, आम्दानीका श्रोत बन्द हुने, नोकरीमा कठिनाई आउने, घरेलु समस्याले सताउने, राजनीतिमा पाएका स्थान, सुविधाहरू फुत्कन सक्ने, आफन्तहरूबाटै धोका हुने विश्वास घातले मनोबल घटाउने, पढाईमा अवरोध आउने, हाडजोर्नीको समस्याले सताउने लेनदेनमा विवाद हुने, भएकोले महŒवपूर्ण कामहरू यस अगाडि नै गर्नुहोला । आषाढ आश्विन माघ, फाल्गुन शुभ महिना महŒवपूर्ण कामका लागि उपयुक्त हुने छ । श्रवण, मार्ग, चैत्र अशुभ महिना भएकोले महŒवपूर्ण काम नगर्नु वेश हुन्छ ।
बृष
यो वर्षको ग्रहगोचर राम्रो छ । सानातिना उल्झन आए पनि महŒवपूर्ण काममा सफलता मिल्ने छ । बोलीको प्रभाव बढ्ने छ, विश्वास सजिलै जितिने छ, पराक्रम बढ्ने, अधुरा काम पुरा हुने, नयाँ काम पाउने योग छ । आफन्तहरूबाट पर्याप्त सहयोग मिल्ने छ । भुलेका मित्रहरूले पुनः याद गर्ने छन् । पढाईमा निकै प्रगति हुने योग छ । विदेश पढ्न जाने तरखरमा हुनुहुन्छ भने पश्चिमी देशको छात्रबृद्धि पाउने योग छ । धन आर्जन प्रशस्त मात्रामा हुने छ । घर र सवारी साधन जोड्ने कार्य सजिलै सम्पन्न हुने छ । शत्रुपराजय हुने छन् । सन्तानबाट सुख शान्ति हुने छ । सन्तान नहुनेलाई सन्तान प्राप्तीको योग छ । व्यापारमा सोचे जस्तै लाभ मिल्ने छ । विदेश यात्रा हुने र वैदेशिक कार्यमा सफलता मिल्ने योग छ । धार्मिक कार्यका लागि अघि सर्ने र तीर्थयात्रा गर्ने अवसर पनि मिल्ने छ । सामाजिक काममा अग्रसर हुने एवं सामाजिक प्रतिष्ठा मिल्ने योग छ । औद्योगिक कार्यमा विषेश सफलता मिल्ने छ । कृषिक्षेत्रमा र पशुपालनमा सोचे जस्तै सफलता मिल्ने छ । कार्तिक २६ गतेदेखि सातौँ शनि प्रवेश हुने भएकोले पतिपत्नीबीच मतभेद बढ्न सक्ने अवस्था छ । भग्य बलियो हुनाले लाभदायिक यात्रा हुने, नोकरीमा सोचेको ठाउँमा स्थानन्तरण योग छ । राजनीतिमा गुमेको स्थान फर्काउन सफल भइने छ, विदेश बसोबासको प्रयास छ भने सहज होला । सफलता विश्वासमा भन्दा गोपनीयतामा धेरै मिल्ने छ । वैशाख, भाद्र, पौष महिना प्रतिकूल रहने भएकोले महŒवपूर्ण काम आरम्भ नगर्नु उचित हुने छ । श्रावण, कार्तिक, फाल्गुन, चैत्र महिनाहरू अनुकूल र उचित हुने छ ।
मिथुन
वर्षको ग्रह गोचर समग्रमा राम्रो छ । वर्ष आरम्भमा चिन्ता बढ्ने, विवाद बढ्ने, काममा अवरोध आउने, अरुबाट आलोचना हुने, विश्वास गरेकाले धोका दिने, शरीरमा चोट पटक लाग्न सक्ने, लेनदेनमा विवाद बढ्ने, झुटा आरोपहरू लाग्ने योग भएकोले यथा कामहरू शुरुमा नगर्नु, भएमा आषाढ ४ गतेदेखि द्वितिय भावमा बृहस्पति उच्च भई प्रवेश गर्ने हुँदा समयले पूर्णरूपमा साथदिने छ । मनोबल बढ्ने छ । बोलीको प्रभाव राम्रो भएकोले शत्रुलाई परास्त गर्दै नोकरीमा आफूले चाहेको स्थान प्राप्त गर्न सकिने छ । राजनीतिमा उच्च सम्मान र स्थान पाउनुहोला, राष्ट्रिय अन्तराष्ट्रिय रूपमा आफ्नु वर्चस्व कब्जासमेत जमाउन सकिने छ । पढाई लेखाईमा उन्नति र बौद्धिक कार्यको प्रगति सोचेभन्दा बढि नै होला । मनमा उत्साह शरीरमा स्फूर्ति बढ्ने, आँटेका कामहरूमा सफलता पाउने योग छ । व्यापारमा सफलता मिल्नुको साथै विदेश यात्राको योग र कुटनैतिक क्षेत्र बलियो रहने छ । परिवारहरूको गुनासो बढ्ने भएकोले संयम हुनु राम्रो देखिन्छ । साथीसम्वन्ध प्रेममा परिणत हुने एवं भएको प्रेम वैवाहिक बन्धनमा बाँधिने छ । पुत्रलाभ हुने योग छ, विदेशमा स्थायी बसोबासको प्रयासमा हुनुुहुन्छ भने त्यसको समय अनुकूल रहने छ । धार्मिक कार्यहरूमा रुचि बढ्ने र समाजिक क्षेत्रमा पाउने सम्मानले खुशी बढाउने छ । धन आर्र्जनको श्रोत प्रशस्त फेला पर्ने छन् । ज्येष्ठ, आश्विन, माघ महिना प्रतिकूल रहने भएकोले नयाँ र महŒवपूर्ण काम आरम्भ नगर्दा वेश हुने छ । बैशाख भाद्र, मार्ग, चैत्र महिना महिनाहरूमा राम्रो हुने भएकोले कामहरू अघि बढाउदा सफलता बढि मिल्ने छ ।
कर्कट
समय मध्यम रहने छ, वर्ष आरम्भमा बाह्रौ गुरु, चतुर्थ शनि तथा राहु भएको हुँदा समस्याहरू एकपछि अर्को गर्दै आइरहने छन् । मनमा दुविधा पनि बढ्ने छ आमाको स्वास्थ्य विग्रने छ, मित्रहरूले आफ्नुभन्दा वढि शत्रुका कुरा सुन्ने, परिवारमा विना कारण झगडा हुने भएकोले संयम हुनुहोला । भाग्यले साथ दिने छैन, धर्ममा मन जाने छैन, सामाजिक काम गर्न बाध्य हुनुपर्ने छ । जशभन्दा धेरै अपजश पाउने योग छ । पेटको रोगले सताउने एवं अप्रेशन हुन सक्ने सम्भावना रहेकोले खानपानमा विचार पु¥याउनु बेश होला । कसैका साथ मिलेर व्यवसाय गरिरहनुभएको छ भने छुट्टिने अवस्था आउन सक्छ । लेनदेनमा विवाद बढेर भएका सम्वन्धहरू विग्रने सम्भावना छ । सवारि साधनबाट सुख्ख मिल्ने छ । झुटा आरोप पनि लाग्ने छ । यात्रामा प्रशस्त समस्याहरू आउने छन् । आषाढ ४ गतेदेखि गुरु राशिमा प्रवेश गर्ने भएकोले भाग्य बलियो हुने, धार्मिक कार्यमा रुचि बढ्ने, सामाजिक काममा सम्मान प्राप्त हुने छ । कार्तिक २६ बाट अढैया शनि सकिने भएकोले व्यापारमा सुधार आउने, यात्रा सहज हुने छ । भएका सन्तानबाट सुख र सन्तान प्राप्तीको योग वलियो छ । आम्दानी बढ्ने, नोकरीमा सफलता मिल्ने, राजनीतिमा सुधार आउने योग छ । पारिवारिक समस्याहरू सुल्झने, मित्रहरूले कुरा बुझेर क्षमा माग्ने अवस्था आउने छ । वैशाख, ज्येष्ठ, आश्विन, पौष महिनाहरूमा शुभ छन् । आषाढ, कार्तिक, फाल्गुन अशुभ महिना भएकोले काम गर्दा विचार पु¥याउनु उचित हुने छ ।
सिंह
ग्रह गोचरले मिश्रित फल दिने छ । वर्ष आरम्भमा ग्रह अनुकूल रहने छन् । मनोवल बढनुको साथै अरुको विश्वास जितेर धेरै कार्यमा सफलता मिल्न सक्ने छ । जोश र जाँगर बढ्ने छ । सानै प्रयासले धेरै महत्वपूर्ण एवं अधुरा कामहरु बन्ने, नयाँ काम पाउने बलियो सम्भावना छ । बोलीको प्रभावमा अरुलाई आफ्नु बशमा लिन सकिने छ । दाजु–भाइ दीदी–वहिनी र सेवकको सहयोग पाउने सम्भावना कम रहने छ । पढाइमा सफलता मिल्ने छ । बौद्धिक काममा पनि अघि बढ्न सकिने छ । भएका सन्तानबाट सुख्ख एवं सन्तान हुने योग वलियो छ । पढ्न परदेश जाँदै हुनुहुन्छ भने छात्रबृद्धि पाउनु होला । मित्रहरूको सहयोग कमै मिल्ने भएकोले विश्वासभन्दा विवेकको प्रयोग धेरै गर्नुहोला । नोकरीमा राम्रो स्थान सम्मानसहितको पदोन्तिको अवसर मिल्ने छ । भाग्य वलियो नभए पनि कर्म वलियो भएकोले आँटेका कामहरू सहज अघि बढ्ने छन् । आषाढ ४ पछि बाह्रौ गुरु र १५ द्वितिय राहु प्रवेश गर्ने हुँदा विवाद बढ्ने अरुले कुरा काटने, झुटा आरोप लाग्ने, उच्च रक्तचाप बढ्ने, गलत विचार बढ्ने, काममा अवरोध आउने, मनमा चिन्ता बढ्ने योग छ । लेनदेन विवाद बढनुको साथै धनमाल हराउने बढि सम्भावना छ, कार्तिक २६ बाट अढैया शनिको प्रवेशले घरेलु समस्या बढाउने मित्रहरूले धोकादिने सवारी साधनले दुःख दिने, व्यापारमा अवरोध आउने, यात्रामा कठिनाइ आउने, प्रेममा खटपट हुनुको साथै पतिपत्नी विचविवाद बढ्ने, भएकोले संयमित हुनु पर्ला, महŒवपूर्ण काममा निर्णयहरू त्यो भन्दा पहिल्यै गर्नु उचित हुनेछ । ज्येष्ठ, आषाढ, कार्तिक, माघ राम्रा महिनाहरूमा पर्ने भएकोले कामका लागि शुभ आषाढ, मार्ग, चैत्र, अशुभ, महिनामा पर्ने भएकोले संयम भएर काम गर्नु पार्ला ।
कन्या
यस वर्षको ग्रहगोचर खासै राम्रो छैन । अन्त्य शनि साढेसातीको प्रतिकूल प्रभावले विवाद धेरै गराउने छ । राहुको प्रतिकूलताले मुटु, मष्तिस्कमा बाधा पु¥याउने छ । अरुबाट तीब्र आलोचना हुने, धनमाल हराउने दाँत मुखमा पिडा हुने छ । निर्णयको अभावले कामबीचमा रोकिने छ । दाजुभाइसँगको सम्वन्ध कमजोर हुने, सेवक सेविकाहरूबाट धोका हुने भएकोले विचार गर्नु उचिन हुनेछ । पढाईमा सफलता पाउने धेरै कसरत गर्नुपर्ला सन्तानहरूको समस्याले चिन्तित बनाउने छ । शत्रुसित प्रतिस्पर्धा गर्नु पर्ने छ । स्वास्थ्यमा संकट आउने, लेनदेनमा विवाद हुने छ । आषाढ ४ गतेदेखि गुरुको अनुकूलताले आमदानी बढ्ने, आफन्तहरूबाट सहयोग मिल्ने, घरजग्गाको बन्दोबस्त गर्न सकिने अवस्थाहरू सृजना हुनेछ । विदेश बसोबासको तयारी गर्दै हुनुहुन्छ, भने सजिलै मिल्ने छ, प्रेममा सफलता मिल्ने र वैवाहिक बन्धनमा बाँधिने बलियो सम्भावना छ । पतिपत्नबीच सुमधुर सम्वन्ध हुने छ । धर्ममा रुचि बढ्ने एवं भाग्यले साथ दिने छ । कार्तिकसम्म साढेसाती रहने हुँदा सफलताको लागि खान र बोल्न विचार पु¥याउनु होला । मार्गदेखि अढैया शनि सकिने हुँदा समय अझ राम्रो हुनेछ । पराक्रम बढ्ने, अधुरा काम बन्ने, नयाँ काम पाउने, अरुको विश्वास जित्न सकिने, रोकिएका पढाइहरू अघि बढ्ने छ । महत्वपूर्ण कामहरू मार्गदेखि नै आरम्भ गर्नु उचित हुने छ । बैशाख, भाद्र, पौष, महिना अशुभ रहने हुँदा काम गर्दा विचार गर्नु पर्ने छ । आषाढ, श्रावण, मार्ग, फाल्गुन महिना राम्रो रहने हुनाले महŒवपूर्ण कामहरू अघि बढाउनु उचित हुने छ ।
तुला
ग्रह गोचरका हिसाबले यो वर्ष प्रतिकूल रहने छ । वर्ष आरम्भको समय गुरुको अनुकूलताले भाग्य वलियो हुने, धर्मका रुचि बढ्ने, तीर्थयात्रा हुने पढाईमा सफलता मिल्ने, बौद्धिक काममा रुचि बढ्ने योग भए पनि आषाढ ४ गतेदेखि गुरु, १५ गतेपछि राहु परिवर्तन हुने र शनि साढेसाती कायम रहने भएकोले समय प्रतिकूल बन्ने छ । शत्रु प्रशस्त मात्रामा बढ्ने छन् । आफन्तहरूको सहयोग पाउन गाह्रो छ । घरेलु समस्याले सताउने छ । विश्वास गरेकाले धोका दिने छन् । गलत विचार बढ्ने, निर्णयको अभाव अति आवश्यक समय हुने र सबै काममा बाधा आउने योग छ । शत्रुले नजिकका मित्र र आफन्तहरूसँग मिलेर झुटा आरोपमा फसाउने प्रयास गर्नेछन् । व्यापारमा संकट आउने, प्रेममा खटपट एवं पतिपत्नीबीच विवाद बढ्ने भएकोले हरपल संयम हुनु पर्ला । आर्थिक कारोबारमा अघि नबढनु उचित हुने छ । नोकरीमा थुप्रै अप्ठ्याराहरू आउने छन् । राजनीतिमा पाएको सुविधासमेत गुमाउनु पर्ने छ । सन्तानहरूको समस्याले पनि चिन्तित बनाउने छ । सामाजिक क्षेत्रमा अरुको सेवा गरेर बदनाम हुने भएकोले विचार गरेर अघि बढनु पर्ला । बर्षभरि नै गोपनीयता अपनाउदै अघि बढनु पर्ला । कार्तिक २६ देखि द्वितिय शनिले धनमाल चोरी हुने योग बढाउने छ । सावधानी अपनाएन भने घरै छाड्ने अवस्थासम्म आउने छ । संयम भएमा पराक्रमको आडमा कार्तिकसम्म केही काममा सफलता पाउन सकिएला । ज्येष्ठ, आश्विन, माघ महिना अशुभ रहने भएकोले काम गर्दा ध्यान दिनुहोला श्रवण, भाद्र, पौष र चैत्र महिना महिनाहरूमा शुभ भएकोले काम गर्दा केही सफलता मिल्ने छ ।
वृश्चिक
समय बर्षको आरम्भमा प्रतिकूल र उत्तराद्र्ध अनुकूल हुने छ । शनि साढेसातीको प्रभाव बर्षभरि नै रहने छ । शुरुमा शनि, गुरु र राहुसमेत प्रतिकूल रहेकोले थुप्रै संकटको सामाना गर्नुपर्ने छ । खर्चको गति तीब्र हुने आम्दानीको मार्ग कमजोर हुने भएकोले मनमष्तिस्कमा पिडा भई रहने एवं मानसिक तनाव बढ्ने छ । त्यसकारण संयमित भई रहनु होला । शत्रुले खोइरो खन्ने छन् । मित्रहरू पनि सहयोगी नहुने भएकोले एक्लो महसुस भई निरास हुनुहोला । कुरा काटनेहरू प्रसस्तै हुने भएकोले गोपनीयता हरेक कार्यमा अपनाउनु पर्ला, विश्वास गरेकाहरूबाट धोका मात्र हुनेछ । सवारी साधनले पनि पटक पटक धोका दिने छ, पढाइमा अवरोध आउने, बौद्धिकतामा ह्रास आउने, सन्तानहरूबाट चिन्ता बढाउने, नोकरी तथा राजनीतिमा संकट आउने भए पनि आषाढ ४ मा गुरु, १५ राहु अनुकूल हुने भएकोले समय अनुकूल बन्दै जानेछ । बोलीको प्रभाव बढ्ने, अरुको विश्वास जित्न सकिने र प्रयत्न गर्दा धन मनग्य कमाउन पनि सकिने छ । आर्थिक कारोबारमा आउने समस्याहरू क्रमश हटेर जाने छ । भाग्य र कर्म पनि बलियो हँुदै जानेर बौद्धिक कार्यमा सफलता पाउने योग छ । व्यापारमा सफलता मिल्ने नोकरी तथा राजनीतिमा आफ्नु बर्चस्व बढाउन सक्ने भएकोले प्रयास गर्नु उचित हुने छ । सन्तानबाट उन्नति र नयाँ सन्तानको उदयको शुभयोग छ । रोकिएका वैदेशिक कार्यहरू सुचारु हुने छन् । धार्मिक र सामाजिक कार्यहरूमा रुचि बढ्ने र सफलता पनि मिल्ने भएकोले अघि बढ्ने प्रयास गर्नु होला । आषाढ कार्तिक र फाल्गुन अशुभ महिना भएकोले काम गर्दा सावधानी अपनाउनु उचित हुने छ भने बैशाख, भाद्र, आश्विन, माघ महिना शुभ भएको हुँदा कामकाजको लागि अनुकूल हुने छ ।
धनु
ग्रह गोचर बर्षको आरम्भमा अनुकूल रहने छ । सातौँ गुरुको राशिमा पर्ने दृष्टि र एकादश शनिको अनुकूल प्रभावले बोलीको प्रभाव बढाउने र अरुको मन जित्न सफल हुदै सृर्जनशीलकामहरू गर्ने, गराउने राज्यसञ्चालकहरूबाट सम्मान पाउने योग छ । जोश र जाँगर बढ्ने, सानै प्रयासले पनि महत्वपूर्ण कामहरू बन्ने छन् । आम्दानीका श्रोत प्रशस्तै फेला पर्ने छन् । आफन्तहरूको सहयोग पनि राम्रै मिल्ने छ । नयाँ मित्रको आगमनले मनोबल बढ्ने छ । घर, सवारी जोड्ने तरखरमा हुनुहुन्छ भने सहज होला । विदेसिएका र भुलेका मित्रहरूले याद गर्नेछन् । व्यापारमा गरेका प्रयासहरू फलदायी रहने छन् । प्रेम गर्नेहरूका लागि समय अनुकूल छ, पढाईमा सफलता मिलनुको साथै वैदेशिक छात्र बृद्धि प्राप्त हुने सम्भावना छ । सन्तान प्राप्तिको योग पनि बलियो छ । धार्मिक कार्यहरूमा रुचि नभए पनि सामाजिक कार्यमा अघि बढ्ने इच्छा तीब्र हुने, प्रतिस्पर्धा गर्नु परे पनि अन्ततः सफलता हात पर्ने योग छ । नोकरी तथा राजनीतिमा गरेका प्रतिस्पर्धाहरू तपाईको पक्षमा रहने छ । अषाढ ४ गतेबाट गुरू प्रतिकूल हुनाले स्वास्थ्यमा समस्या आउनुको साथै निर्णय गर्न गाह्रो हुने, लेनदेनमा समस्या आउने, घरेलु समस्याहरू बढ्ने मित्रहरू टेडिन थाल्ने छन् । कार्तिक २६ गतेदेखि शनि साढेसातीको प्रवेशले समय निकै प्रतिकूल बन्ने छ । रिसको वेग बढ्ने खर्च बढ्ने, विवाद बढ्ने, झुटा आरोपहरू लाग्ने विश्वास गरेकाले धोका दिने, काममा अरुले अवरोध सृर्जना गर्ने, धनमाल हराउन सक्ने भएकोले महत्वपूर्ण निर्णयहरू बैशाख, ज्येष्ठमा र कार्तिकभित्र गरिसक्नु होला मार्गदेखि संयम भएर काम गर्नुहोला । श्रावण, मार्ग र चैत्र अशुभ महिनामा पर्ने भएकोले काम गर्दा विचार पु¥याउनु होला । ज्येष्ठ, आश्विन, कार्तिक र फाल्गुुन महिना शुभ भएकोले कामहरू अघि बढाउनु उचित हुने छ ।
मकर
बर्षारम्भको समय सामान्यतया प्रतिकूल रहने भएकोले संयम भएर काम गर्नु होला । गुरुको प्रतिकूलता स्वास्थ्यमा संकट आउनुको साथै शत्रु प्रशस्त मात्रामा बढ्ने छन् । सानु भूलको पनि ठूलो परिणाम भोग्नु पर्ने भएकोले निर्णय गर्दा धेरै विचार गर्नु पर्ने छ । काममा अवरोध सृर्जना गर्नेहरू सक्रिय हुने छन् । आफन्तहरूलाई दिग्भ्रमित पार्दै तपाईबाट अलग्याउने प्रयासहरू धेरै हुने छन् । पिता पुत्रबीचको सम्वन्धलाई कमजोर बनाउने प्रयास भए पनि आषाढ ४ बाट गुरु अनुकूल हुने भएकोले समय तपाईको पक्षमा रहने छ । व्यापारमा सफलता मिल्नुको साथै विदेश यात्रा गर्ने अवसर मिल्ने छ । अचानक हुने विदेशी मित्रसँगको भेटले विदेश बसोबासको प्रयासमा हुनुहुन्छ भने त्यो पनि सफलहुने योग छ । शरीरमा स्फुर्ति बढ्ने र मनमा उत्साह बढ्ने, आफन्तहरूको प्रयाप्त सहयोग मिल्ने भएकोले मित्र तथा परिवार सम्मिलित कार्यमा अघि बढनु उचित हुने छ । पढाईमा सोचे जस्तै लाभ मिल्ने र बौद्धिक कार्यमा रुचि बढ्ने सफलता प्राप्त भई खुशीसमेत मिल्ने योग छ । विपरित लिङ्गिहरूसँग भएको दोस्ती प्रेममा परिवर्तन भई वैवाहिक बन्धनमा बाँधिने बलियो सम्भावाना छ । धार्मिक कृर्तिमा अभिरुचि धेरै रहने छ । नोकारीमा चाहे जस्तै सफलता र राजनीतिमा गुमेको स्थान पुनः प्राप्ती पनि बलियो सम्भावना रहने छ । कुटनैतिक नियुक्ति पनि होला । सन्तानबाट लाभ मिल्ने, ज्ञान–विज्ञानमा ऐतिहासिक फड्को मार्न सकिने भएकोले लाग्नु उचित हुने छ । समयको धेरै सदुपयोग गर्नु छ भने धैर्य अपनाउनु होला बैशाख, भाद्र, पौष, अशुभ महिना भएकोले महत्वपूर्ण कामको आरम्भ नगर्नु राम्रो होला । आषाढ, कार्तिक, मार्ग, चैत्रमहिनामा महत्वपूर्ण काम अगाडि बढाउन उचित हुने छ ।
कुम्भ
यो बर्षको ग्रह गोचर मध्यम रहने छन् । आरम्भमा गुरु शनिका साथै अन्य ग्रहसमेत अनुकूल रहेकोले बौद्धिक कामहरू निकै हुने छन् । पढाईमा रुचि र मनमा खुशी बढ्ने छ । स्वास्थ्यमा भने शुरुदेखि प्रतिकूलता नै हुने भएकोले खानपानमा विचार बर्षभरि नै गनुपर्ला । बोलीको प्रभाव राम्रो रहने र भाग्य भावमा बसेको उच्च शनि राशि स्वामि पनि भएकोले सोचने शक्ति तीब्र हुने र प्राविधिक शिक्षामा ऐतिहासिक सफलता प्राप्त हुने भएकोले निर्धक्क अघि बढन सक्नु हुने छ । शत्रुले राजनीतिमा पछि पार्न खोजे पनि मित्रहरूको सहयोग लिएर अघि बढेमा आफ्नु बर्चस्व बढाउन सकिने छ । घर जग्गा जोडने प्रयासमा हुनुहुन्छ भने समयले साथदिने छ, व्यापारमा प्रतिस्पर्धाले मात्र लाभ मिल्ने छ । प्रेममा खटपट हुने र पतिपत्नीबीच विवाद बढ्ने भएकोले संयम रहनु होला धार्मिक कार्यमा अभिरुचिका साथ लाग्ने र सामुहिक तीर्थयात्रा हुने बलियो सम्भावना छ । आमदानीका श्रोतहरू प्रशस्तै फेला पर्ने छन् । आषाढ ४ गतेपछि गुरु प्रतिकूल हुने भएकोले शत्रु बलिया हुँदै जानेर स्वास्थ्य अरु कमजोर हुने अनि आमदानीको क्षेत्रमा अरुले बाधा पु¥याउन सक्ने भएकोले संयम भएर काम गर्नु पर्ला कुराकाटनेहरू बढ्ने भएकोले बोल्दा विचार पु¥याउनु होला । कार्तिक २६ गतेदेखि शनि दशम स्थानमा प्रवेश गर्ने भएकोले नोकरीमा र राजनीतिमा विचार गरेर अघि बढ्दा मात्र सफलता पाउन सकिने छ । दीर्घकालिन महत्वपूर्ण कामहरू बैशाख ज्येष्ठमा नै गर्नुु राम्रो हुनेछ । बैशाख, श्रावण, मार्ग, पौष शुभ महिना भएकोले कामहरू अघि बढाउँदा सफलता मिल्ने छ ज्येष्ठ, आश्विन, माघ महिना प्रतिकूल भएकोले काम गर्द होशियारी अपनाउनु उचित होला ।
मीन
समय मध्यम रहने छ । बर्ष आरम्भमा ग्रह प्रतिकूल रहने छन् । शनि तथा राहु आठौँ भएकोले स्वास्थ्य स्थिति निकै कमजोर रहने र आर्थिक पक्ष पनि कमजोर हुने हुँदा मन विचलित हुने छ । सामान्य बोलचाल गरैकै कारण विपरित लिङ्गिहरूबाट आक्रमण वा आरोप लाग्न सक्ने भएकोले संयम हुनु उचित हुने छ । आर्थिक कारोबारमा अघि बढे समस्या आउन सक्ने भएकोले नगद लेनदेनमा विचार पु¥याउनु उचित हुने छ । कुरा काटनेहरु बढ्ने छन् । विश्वास गरेकाले धोकादिने छन् । घरेलु समस्याले सताउने भए पनि आषाढ ४ गतेदेखि गुरु अनुकूल हुने भएकोले सोच्ने शक्ति बढ्ने, पढाइमा रुचि बढ्ने, सफल पनि हुने छ । भएका सन्तानबाट सुख प्राप्ति हुने छ । सन्तानका सन्तान प्राप्तीको योग पनि बलियो छ । वैदेशिक कार्यमा सफलता मिल्ने छ, विदेश पढ्नका लागि छत्रबृद्धि पाउने सम्भावना पनि छ । कार्तिक २६ पछि अढैया शनिको अन्त्य हुने भएकोले समय बलवान हुने छ । धेरैकालदेखि भोग्दै गरेको आर्थिक कठिानाइबाट समेत मिल्ने छ । नोकरी तथा राजनीतिमा भने बर्षभरि नै सफलता पाउने योग छ । वैवाहिक बन्धनमा बाँधिने बलियो सम्भावना छ । व्यापारमा लाभ मिल्नुको साथै देशको प्रतिनिधित्व गर्दै कुटनैतिक कार्यका लागि विदेश जाने अवसर मिल्ने छ । शत्रुलाई परास्त गर्दै आफन्तहरुसँग राम्रो सम्वन्ध स्थापित गर्ने अवसर मिल्ने छ । ठूला व्यक्तिको झुकाव आफूतिर र महत्वपूर्ण जिम्वेवारी राज्यबाट आउने, पाएको जिम्वेवारी पुरा गर्न सक्ने योग छ । महत्वपूर्ण कामलाई अषाढ ४ बाट अझ महत्वपूर्ण मार्गमहिनादेखि गर्दा धेरै सफलता पाइने छ । ज्येष्ठ, भाद्र, पौष, माघ राम्रा महिनामा भएकोले नयाँ काम आरम्भ गर्नु उचित हुन्छ । आषाढ, कार्तिक, फाल्गुन प्रतिकूल महिना भएको हुँदा विचार पु¥याउनु उचित हुने छ ।