मुस्ताङमा हिमपात
काठमाडौँ ,३० चैत । हिमाल पारीको जिल्ला मुस्ताङमा यो वर्ष बेमौसमी हिमपात भएको छ । एकदशकपछि यस वर्ष गर्मी मौसम सुरु हुने समयसम्म पनि हिमपात नरोकिएको हो ।
स्थानीयका अनुसार सदरमुकाम जोमसोम आसपासका तल्लो मुस्ताङक्षेत्रमा यसवर्ष चैत महिनाको अन्तसम्म पनि हिउँ परेको छ ।
जोमसोम, मार्फा, टुकुचे, लते, कोवाङ, कागबेनी, मुक्तिनाथ गाविसमा अहिले पनि दिनहुँजसो वषर्ा हुने र हिउँ पर्ने गरेकाले गर्मी मौसम सुरु भए पनि चिसो घटेको छैन् । बेमौसमी हिमपातका कारण मुस्ताङको प्रमुख कृषि व्यवसाय मानिएको स्याउखेती प्रभावित हुने देखिएको छ ।
यो मौसम स्याउको फूल खेल्ने र कोपिला लाग्ने समय हो । फूल खेल्ने समयमा हिउँ पर्नाले फूल झार्ने जिल्ला कृषि विकास कार्यालय मुस्ताङका बागवानी विकास अधिकृत नारायण काफ्लेले बताउनुभयो ।
मुस्ताङका स्याउ बगँैचामा भर्खरै फूल खेल्न थालेको छ । अझै केही दिन हिउँ परेमा स्याउ उत्पादनमा नराम्रो असर पार्ने अधिकृत काफ्लेको भनाइ छ ।
जिल्ला कृषि विकास कार्यालयका अनुसार गत वर्ष पनि मध्य चैतसम्म हिउँ र वषर्ा हुनाले मुस्ताङमा स्याउ उत्पादनमा कमी आएको थियो ।
मुस्ताङको करिब ५०० हेक्टर जमिनमा व्यावसायिक स्याउखेती गरिएको छ । मुस्ताङमा उत्पादन हुने रेड डेलिसियस, गोल्डेन डेलिसियस, रिचा रेड, फुजीलगायत बीस जातका स्याउ स्वादिलो हुने भएकाले नेपाली बजारमा राम्रो माग रहेको छ । – रासस