बाग्मतीमा सामुहिक स्नान

२०७१ बैशाख १ गते, सोमबार


काठमाडौं, १ बैशाख । बागमती सफा र स्वच्छ बन्दै गएको सन्देश दिन काठमाडौंको गुह्येश्वरीमा सामुहिक स्नान कार्यक्रम भएको छ ।बिहान भएको कार्यक्रममा मुख्य सचिव लिलामणि पौडेल, प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि बाँस्कोटा, शहरी विकास मन्त्रालयका सचिव किशोर थापालगायतले सामुहिक रुपमा नुहाएका थिए ।साप्ताहिक रुपमा भैरहेको सफाई कार्यक्रमले पानी सफा हुँदै गएको र नुहाउनयोग्य भएको सन्देश दिन यस्तो कार्यक्रम गरिएको सचिव बाँस्कोटाले जानकारी दिए । सफाई अभियानलाई निरन्तरता दिएर बागमतीको सबै क्षेत्रमा नुहाउनयोग्य बनाइने उनले दाबि गरे ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध

२०८२ कार्तिक १५ गते, शुक्रबार

विश्व सहरीकरण दिवस मनाइँदै

२०८२ कार्तिक १५ गते, शुक्रबार

आज भारी वर्षा र हिमपातको सम्भावना

२०८२ कार्तिक १५ गते, शुक्रबार

‘मोन्था’ चक्रवातको प्रभाव : देशभर वर्षा

२०८२ कार्तिक १४ गते, बिहीबार