सुदुरपश्चिममा बिसु पर्व मनाइदै

२०७१ बैशाख १ गते, सोमबार

काठमाडौं, १ बैशाख । सुदुरपश्चिमका पहाडी जिल्लामा आज बिसु पर्व मनाईदैछ । हरेक वर्ष वैशाख एक गतेलाई सुदुरपश्चिमका बासिन्दाले विसु पर्वका रुपमा मनाउने गर्छन ।बिसु पर्व मनाउनका लागि कामको लागि शहर र परदेश गएका बासिन्दा घर फकिर्एपछि सुदुरपश्चिमका गाउँमा चहलपहल बढेको छ ।
बिसु पर्वमा मिठा–मिठा खानाका परिकार खाने र सिस्नो लगाउने प्रचलन रहिआएको छ । बिसुका दिन सिस्नो लगाउँदा वर्षभरी शरीरमा कुनै पनि रोग नलाग्ने विश्वास गरिन्छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु