राहदानी वितरणमा नयाँ प्रविधि

२०७१ बैशाख ३ गते, बुधबार

काठमाडौं, ३ वैशाख । परराष्ट्र मन्त्रालयले राहदानीको सहज वितरणका लागि नयाँ प्रविधिको परीक्षण थालेको छ ।राहदानी विभागका महानिर्देशक रमेश खनालका अनुसार अहिले डाटा ईन्ट्री गर्न मानवीय शक्ति प्रयोग भइरहेकोमा अब फर्म राखेपछि मेसिन आफैंले डाटा ईन्ट्री गरेर प्रिन्टसम्म पठाउने आइसिआर प्रविधिको परिक्षण भैरहेको छ ।
त्यस्तै राहदानीको लेमिनेसनपनि ईंकजेट प्रविधि मार्फत हुने भएपछि राहदानी उत्पादन धेरै हुन थालेको छ ।
प्रविधि सफल भएको र जनशक्ति थप्नसक्ने अवस्था रहे दैनिक ८ हजारसम्म राहदानी उत्पादन गर्न सकिने खनालले बताउनुभयो । अहिले दैनिक ४ हजार राहदानी उत्पादन हुँदै आएको छ ।
सन् २०१५ सम्ममा हस्तलिखित राहदानी बिस्थापित हुने भएपछि अहिले राहदानी बनाउनेको संख्या थपिदैं गएको छ । विभागले फर्म संकलन र वितरणलाई सहज बनाउन मंगलबार देखि थप तीनवटा केन्द्र संचालनमा ल्याएको छ । पहिले ६ वटा केन्द्रबाट संकलन र वितरण हुँदै आएकोमा अब ९ वटा केन्द्रबाट हुनेछ ।विभागका महादिर्नेशक खनालका अनुसार अब जिल्लाबाट आवेदन दिएपनि एक महिनाभित्र राहदानी प्राप्त गर्न सकिनेछ । विभागले दिनभर लाईनमा बस्नुपर्ने बाध्यता रहेको विभागको कार्यालयमा अहिले आधा घन्टामा सेवा दिन थालेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु