सुरुङ्गमा पुरिएका मजदुरको सकुशल उद्दार

२०७१ बैशाख १३ गते, शनिबार


काठमाडौं १३ वैशाख ।कास्कीको सिल्दूजुरेमा निर्माणाधीन २५ मेगावाट क्षमताको उपल्लो मादी जलविद्युत् आयोजनाको सुरुङ्गमा पहिरो जाँदा थुनिएका १३ जना मजदूरलाई झण्डै १४ घण्टापछि, सकुशल उद्धार गरिएको छ । हिजो सुरुङ्गको मुखमा पहिरो जाँदा थुनिएका एक चिनियाँ सहित १३ जना मजदूरलाई बिहान ३ बजेर ३५ मिनेटमा सकुशल उद्धार गरिएको कास्कीका प्रहरी नायव उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिए ।
लामो समय सुरुङ्गभित्र थुनिँदा आत्तिएका र थाकेका सबै कामदारलाई आवश्यक उपचारका लागि पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको प्रहरी नायव उपरीक्षक बास्तोलाले बताए । सुरुङ्गको मुखमा पहिरो गएर थुनिएपछि, भित्र रहेका कामदारलाई हावा र पानी पठाएर सहयोग गरिएको थियो । उद्धारकार्यमा ५ वटा एक्साभेटर, प्रहरी र सयौं स्थानीय बासिन्दाले सहयोग गरेका थिए ।
यसैबीच पहिरो गएदेखि सम्पर्क विहीन भएका अन्य ३ जना नेपाली कामदारको अवस्था भने अहिलेसम्म थाहा हुन सकेको छैन । उनीहरुको खोजीकार्य चलिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज हरि बोधिनी एकादशी

२०८२ कार्तिक १६ गते, शनिबार

बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध

२०८२ कार्तिक १५ गते, शुक्रबार

विश्व सहरीकरण दिवस मनाइँदै

२०८२ कार्तिक १५ गते, शुक्रबार