रत्नपार्कलाई आकर्षक बनाइने

२०७१ बैशाख २० गते, शनिबार


काठमाडौं ,२० बैशाख। काठमाडौंको मुख्य केन्द्रविन्दुमा रहेको ‘रत्नपार्क’लाई काठमाडौं महानगरपालिकाले व्यवस्थित गर्ने भएको छ ।करिब ५० लाख रुपैयाँभन्दा बढी खर्च गरी पार्क सुधार गरिनेछ । रत्नपार्कलाई नयाँ ढंगले विकास गर्न उसले त्यसको ‘डिजाइन’समेत तयार पारेको छ । ‘तर, डिजाइन स्वीकृत हुन बाँकी छ,’ महानगरपालिका वातावरण महाशाखा प्रमुख रविनमान श्रेष्ठले भने, ‘आगामी सार्क सम्मेलनअघि नै रत्नपार्कलाई व्यवस्थित गरिसक्ने लक्ष्य छ ।’
आगामी नोभेम्बरमा काठमाडौंमा १८ औं सार्क सम्मेलन हुँदै छ । सो सम्मेलनलाई मध्यनजर गरी सरकारले पनि हाल काठमाडौं उपत्यकामा सडकलगायत भौतिक पूर्वाधारका विकासमा जोड दिइरहेको छ । रत्नपार्क हाल उचित व्यवस्थापनको अभावमा तहसनहस बनेको छ । खासगरी फुटपाथ व्यापारीहरु पार्कभित्रै छिरेर व्यापार गर्न थालेकाले रत्नपार्क फोहोर र अव्यवस्थित बन्दै गएको हो ।
रत्नपार्कभित्रै मकै, भटमास, चना, केराउ, बदामदेखि मासु, चिउरा, अन्डा, मम, चाउमिनजस्ता खानेकुरा निर्वाध रुपमा बिक्री हुँदै आएको छ । तर, यस्ता खानेकुराबाट निस्केका फोहोरले भने रत्नपार्कलाई निकै कुरुप बनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु