तेल चोरलाई कारबाहीको माग गर्दै प्रदर्शन

२०७१ बैशाख २५ गते, बिहीबार


काठमाडौ, २५ वैशाख । नेकपा एमाले बुटवलले तेल चोरीमा संलग्नहरुलाई कारबाही गर्न र पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन माग गर्दै विरोध प्रदर्शन गरेको छ । अभियुक्तलाई जोगाउने उद्देश्यले व्यवसायीहरुले तेल ढुवानी बन्द गरेपछि पेट्रोलियम पदार्थको हाहकार भएको भन्दै एमालेआवद्ध विभिन्न संगठनले प्रदर्शन गरेका हुन् ।
तेल चोरीमा संलग्न गिरोहलाई तुरुन्त गिरफ्तार गरी कडा कारबाही गर्न माग गर्दै उनीहरुले बजार परिक्रमा गरे । पुष्पलाल पार्कबाट सुरु भएको विरोध र्‍यालीले अमरपथ हुँदै नगर परिक्रमा गरेको थियो ।तेल चोरी प्रकरणमा प्रहरीले ट्याकंर धनीलाई अनुसन्धानका लागि पक्राउ पूर्जी जारी गरेपछि आन्दोलनमा उत्रिएका व्यवसायीले ढुवानी ठप्प पारेका छन् ।वैशाख १६ गते रुपन्देहीको मधवलीया र पडसरी क्षेत्रमा तेल चोरी गरी जमिनमुनी लुकाउँदै गर्दा प्रहरीले १९ ट्याकंर, १७ हजार लिटर तेल र २२ जना मजदुरलाई पक्रेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

धर्मपथ महोत्सव जारी

२०८२ जेष्ठ ३२ गते, शनिबार

आज भारी वर्षाको सम्भावना !

२०८२ जेष्ठ ३२ गते, शनिबार

जीप दुर्घटना : चारजनाको मृत्यु

२०८२ जेष्ठ ३२ गते, शनिबार