आज कानुन दिवस

२०७१ बैशाख २६ गते, शुक्रबार

काठमाडौ, २६वैशाख ।नेपालमा सर्वप्रथम २००९ सालमा प्रधान न्यायालय ऐन २००८ जारी भएको दिनको सम्झनामा हरेक वर्ष आजकै दिन कानुन दिवस मनाउने गरिन्छ ।यो ऐनले प्रधान न्यायालयबाट भएका आदेश तथा फैसला अकाट्य तथा अन्तिम हुने कानुनी ब्यवस्था गरेको थियो । आजको दिनलाई नेपालको न्यायिक इतिहासमा प्रजातन्त्र, मानव अधिकार र स्वतन्त्र न्यायपालिकाको प्रस्थानविन्दुको रुपमा लिइन्छ ।
कानुनसँग सम्बन्धित संघसँस्थाले २०३१ सालदेखि हरेक वर्ष वैशाख २६ गते कानुन दिवस मनाउँदै आएका छन् । कानुन दिवसको अवसरमा आज जिल्ला, पुनरावेदन र सर्वोच्च अदालतमा विदा दिइएको छ । कानुृन दिवसको अवसरमा सर्बोच्च अदालतमा दिउँसो ४ वजे विशेष कार्यक्रमको आयोजना गरिएको छ ।
यसैबिच कानुन दिवसको अवसरमा शुभकामना दिँदै प्रधानन्याधीश दामोदरप्रसाद शर्माले संविधानले दिएको दायित्व पूरा गर्न न्यायालय सदैव सजग र सचेत रहेको बताएका छन् । शुभकामना सन्देशमा उहाँले न्याय सेवामा गुणस्तरीयता बढाउने काममा न्यायपालिका सदैव उच्च समर्पणका साथ लाग्ने प्रतिवद्धता जनाएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु