बस पल्टिंदा २१ घाइते
काठमाडौं, २७ वैशाख। नवलपरासीको दाउन्नेमा यात्रुबहाक बस पल्टिंदा २१ जना घाइते भएका छन् । उनीहरु मध्ये ११ जनाको अबस्था चिन्ताजनक छ । बसमा ४० यात्रु थिए ।घाइतेेमध्ये अधिकांशको बुटवल अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।ईलाका प्रहरी कार्यालय कावासोतीका प्रहरी नायब उपरीक्षक बामदेब गौतमका अनुसार गएराति काठमाण्डौवाट सुर्खेततर्फ जाँदै गरेको ना४ख ४८१९ नम्बरको बस अनियन्त्रित भइ लोकमार्ग अन्तरगत दाउन्नेमा पल्टिएको हो ।बसका चालक र सहचालक फरार हरेको प्रहरीको भनाई छ ।