पत्रकार महासंघका पदाधिकारीले आज पदभार ग्रहण गर्ने

२०७१ बैशाख २८ गते, आईतवार


काठमाडौ, २८ वैशाख । नेपाल पत्रकार महासंघका २४ औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीले आज पदभार ग्रहण गर्न भएका छन् । आज विहान ९ बजे संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको प्रमुख आतिथ्यमा पुरानो कार्यसमितिले नवनिर्वाचित समितिलाई पदभार गराउने भएको हो । कांग्रेस निकट पत्रकारहरूको संगठन नेपाल प्रेस युनियनको प्यानललाई पराजित गर्दै अधिकांश पद जितेको प्रगतिशील पत्रकारहरूको समूहले महासंघको नेतृत्व हाँक्न लागेको हो । एमालेनिकट प्रेस चौतारीको तर्फाट अध्यक्ष जितेका डा. महेन्द्र विष्टले आगामी तीन वर्षा लागि महासंघको नेतृत्व सम्हाल्ने छन् । अघिल्लो कार्यकाल चौतारीबाटै अध्यक्ष बनेका शिव गाउँलेले विष्टलाई पदभार हस्तान्तरण गर्नलागेका हुन् । सञ्चारग्रामस्थित छाप्रे कार्यालयमा तीन वर्षघि पदभार ग्रहण गरेका निवर्तमान अध्यक्ष गाउँलेको नेतृत्वमा ४ करोड बढीको लागतमा महासंघको ४ तले नयाँ भवन बनेको छ । बिष्ट नेतृत्वका पदाधिकारीले आज सोही भवनमा पदभार ग्रहण लागेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु