आजदेखि एमआरपी भएकाले मात्रै श्रम स्वीकृति पाउने

२०७१ जेष्ठ १ गते, बिहीबार

काठमाडौं,१ जेठ । आजदेखि मेसिन रिडेवल पासपोर्ट (एमआरपी) भएकाहरुले मात्रै वैदेशिक रोजगारीका लागि श्रमस्वीकृति पाउने भएका छन् ।वैदेशिक रोजगार विभागका प्रवक्ता बद्रीकुमार कार्कीका अनुसार आजदेखि वैदेशिक रोजगारीमा जाने कामदारले हस्तलिखित राहदानीबाट श्रम स्वीकृति पाउने छैनन् ।जेठ १ गते अघिनै भिसा आइसकेकाहरुले भने एमआरपी बनाउन निवेदन दर्ता गरेको रसिदको प्रमाणित प्रतिलिपीसहित निवेदन दिएको अवस्थामा मात्र हस्तलिखित राहदानीबाट श्रम स्वीकृति दिइने उनले जानकारी दिए ।
त्यस्तै पुनः श्रमस्वीकृतिको हकमा एमआरपीको निवेदन दर्ता गरेको रसिदको प्रमाणित प्रतिलिपी संलग्न राखी निवेदन दिएमा हस्तलिखित राहदानीबाट पुनः श्रमस्वीकृतिका लागि स्वीकृति दिइने प्रवक्ता कार्कीले बताए ।विसं २०७२ मंसिरदेखि हवाइ यात्राका लागि विश्वभर अनिवार्य रुपमा एमआरपी राहदानी लागू गर्ने प्रावधान लागू भएपछि नेपाली कामदारलाई सहज होस् भनेर आफूहरुले जेठ १ देखि श्रमस्वीकृतिका लागि एमआरपी अनिवार्य गर्न लागेको प्रवक्ता कार्कीको भनाइ छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु