सल्लेरी ‘लोडसेडिङमुक्त’ हुदै

२०७१ जेष्ठ २ गते, शुक्रबार


काठमाडौं, २ जेठ । सोलुखुम्बु जिल्लाको सदरमुकाम सल्लेरी भोलिदेखि लोडसेडिङमुक्त हुँदैछ । २०४१ सालदेखि सदरमुकाम आसपासका क्षेत्रमा सेवा दिंदै आएको सल्लेरी च्याल्सा विद्युत कम्पनीले विद्युत क्षमता थपेपछि जिल्ला सदरमुकाममा विद्युत कटौती नगरिने भएको हो ।यसअघि जिल्ला सदरमुकाम आसपास दैनिक ६ घण्टा लोडसेडिङ हुँदै आएको थियो । चार सय किलोवाट विद्युत उत्पादन गर्दै आएको सल्लेरी च्याल्सा विद्युत कम्पनीले २ सय किलोवाटको क्षमता थपेकाले अब ६ सय किलोवाट विद्युत उत्पादन हुनेछ ।आज र भोलि भने जडानका लागि विद्युत सेवा नै बन्द हुने जनाइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु