स्काउट भित्रको आमरण अनसन तेस्रो दिनसम्म पनि जारी

२०७१ जेष्ठ २ गते, शुक्रबार


काठमाडौं, २जेष्ठ ।नेपाल स्काउट भित्र भएका भ्रष्टचार, अनियमितता र शैक्षिक योग्यताको बिषयलाई लिएर स्काउट लिडर गुणराज प्याकुलले शुरु गर्नु भएको आवरण चौथो दिनसम्म पनि जारी रहेको छ । प्याकुरेलले लैनचौर स्थित नेपाल स्काउटको केन्द्रिय कार्यालयमा मिति २०७१/०१/३० ७ बजेबाट आमरण अनसन सुरु गरेका हुन् । आमरण अनसन सँगै नेपाल स्काउटमा गरिएको ताला बन्दी भने प्रहरीले तोडेको छ । निकै समयसम्म ताला खोल्ने बिषयमा प्रहरीसँग विवाद भए पछि आफुले ताला नखोल्ले आन्दोलनरत पक्षले बताए पछि प्रहरी बल प्रयाग गर्दै ताला खोलेको हो ।
प्रमुख आयुक्त श्रीराम लामिछानेको राजीनामा, तर्दथ समितिको गठन, ऐन नियम पुनलेखन र आर्थिक छानबिन गर्नु पर्ने लगायतको माग राखेर गरिएको आमरण आन्दोलन तेस्रो दिनसम्म जारीरहदा प्याकुरेलको स्वास्थ्य स्थिती नाजुक बन्दै गएको छ ।
त्यसै गरी प्याकुरेलको अभियान प्रति ऐक्यवद्धता जनाउँदै सुनसरी जिल्लाका युवा स्काउट सदस्यहरुले पनि धरान स्थित जिल्ला स्काउट कार्यालयकमा समेत तालाबन्दि गरेको जानकारी र्सर्ंघष समितीका संयोजक राम प्रसाद भट्टराइले गराउँनु भयो ।
बिगत दुइ बर्षदेखी नेपाल स्काउट प्रगतिशिल र्सर्ंघष समिती गठन गरि बिभिन्न किसिमको दवाब मुलक कार्यक्रमहरु गर्दै आएको भए पनि त्यसमा कुनै सुनवाई नभए पछि गत बैशाख २ गते तीन सुत्रियमाग राखी स्काउट प्रमुख युवा तथा खेलकुद मन्त्रि पुरुषोत्तम पौडेललाई ७ दिने अल्टिमेटम सहित ज्ञापन पत्र बुझाएको थियो । ज्ञापन पत्र बुझाएको एक हप्ता बिती सक्दा पनि कुनै सुनवाई नभएको भन्दै गत बैशाख १० गते चरणवद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो । कालो स्कार्फप्रदर्शन, नेपाल स्काउट र युवा तथा खेलकुद मन्त्रालय धर्ना लगायतको आन्दोलनको कार्यक्रम भई रहेको अवस्थामा गत वैशाख २३ गते नेपाल स्काउट प्रधान कार्यालय र र्सघष समिती बिच ८ बुदें सहमती भए पछी र्सर्ंघष समितीले आन्दोलनको कार्यक्रम फिर्ता लिएको थियो । अबैधानिक तवरबाट नेपाल स्काउटका पदाधिकारी भएका १७ जना पदाधिकारीलाई निलम्बन गर्ने, महालेखाको संयोजकत्वमा एक आर्थिक छानबिन समिती गठन गर्ने, शैक्षिक योग्यताको छानबिन गर्ने, ऐन नियम संशोधन समिती बनाउने लगायतका सहमती भएका थिए । सम्झौता भएका बुदाँहरु नेपाल स्काउटका पदाधिकारीद्धारा र्सवसम्मत भएको र औपचारिकताका लागी १ हप्ता भित्र अनुमोदन गराउने लिखित सम्झौता भए पनि आन्दोलनको मर्म र भावना बिपरित आफुले गरेको सम्झौता नेपाल स्काउटका प्रमुख आयुक्त आफैले तोडेको भन्दै आमरण अनसन सुरु गर्नु परेको कुरा र्सघष समिती प्रवक्ता राजिब खत्रीले जानकारी गराए ।
विश्वमा स्काउटिङ्ग युवाहरुको लागि लक्षित गरि तयार पारिएको नौलो किसिमको शैक्षिक कार्यक्रम भए पनि नेपालमा भने वृद्ध र वृद्ध सोच भएकाहरुको अवकाशपूण् जीवन विताउने थलो बन्दै गएकोमा युवा स्काउट सदस्यहरुले गुनासो राख्दै आएका छन् । साथै २०७१ साल वैशाखमा चितवन स्थित टिकौलीमा भएको दोस्रो राष्ट्रिय ज्याम्बोरीको खर्च विवरण हालसम्म पनि बाहिर नल्याउनु, नेपाल स्काउट वरपर बनिएका ब्यवसाहिक भवन बिना टेण्डर निर्माण गरिनु र नेपाल स्काउटलाई घाटामा देखाएर आयुक्तहरु मनोमानी तवरले बिदेश भ्रमण गर्नुले नेपाल स्काउटमा ब्यापक आर्थिक चलखेल हुने गरेको आरोप युवा स्काउटरहरुले लगाउँदै आएका छन् । त्यसै गरि बर्षौ पुराना ऐन नियम हुनु र त्यसलाई परिवर्त गर्न नेपाल स्काउटका नेतृत्व तहका ब्यक्तीहरु तयार नभएकोले र वर्तमान स्काउटको नियमावली अनुरुप शैक्षिक लगायतका अन्य योग्यता नपुगेका ब्यक्तीहरु पदाधिकारी रहेकालेयो आमरण अनशनमा जानु परेको कुरा अनसनरत गुणराज प्याकुरेलले बताए ।


प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु