काठमाडौं–कुलेखानी–हेटौंडा सकड सुचारु काठमाडौं–कुलेखानी–हेटौंडा सकड सुचारु

२०७१ जेष्ठ ४ गते, आईतवार


काठमाडौं,४ जेठ ।सडक मर्मतका लागि बन्द गरिएको काठमाडौं–कुलेखानी– हेटौंडा सडकमार्ग आजबाट सुचारु भएको छ ।उक्त सडकमार्ग पूर्ण रुपमा मर्मत कार्य सम्पन्न नभएपनि सवारीका साधनहरु पनि ओहोरदोहोर गर्न खुल्ला गरिएको डिभिजन सडक कार्यालय हेटौंडाले जनाएको छ ।सो सडकमार्ग मर्मतका लागि भन्दै डिभिजन सडक कार्यालय हेटौंडाले ४५ दिनका लागि बिहान ९ बजेदेखि बेलुकी ६ बजेसम्म बन्द गरेको थियो । डिभिजन सडक कार्यालय हेटौंडाले पहिलो चरणमा मर्मतका लागि भन्दै एक महिना र दोश्रो चरणका लागि १५ दिन सडक बन्द गरेको थियो ।
कुलेखानीदेखि भिमफेदीसम्मको करिव १५ किलोमिटर सडक मर्मत गर्ने र बाटो फराकिलो गर्ने कामका लागि सडक बन्द गरिएको हो । यो कामका लागि डिभिजन सडक कार्यालय हेटौंडाले दुई करोड ६५ लाख ३६ हजार रुपैयाँमा सपना निर्माण सेवालाई जिम्मा दिएको छ । तर सपना निर्माण सेवाले समयमा नै उक्त सडक मर्मतको कार्यसम्पन्न गर्न सकेको छैन ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु