अख्तियारद्वारा यातायात व्यवस्था विभागमा छापाअख्तियारद्वारा यातायात व्यवस्था विभागमा छापा
काठमाडौं,४ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था विभागमा छापा मारेको छ । अख्तियारको विशेष टोलीले आइतबार दिउँसो छापा मारी कीर्ते काममा संलग्न विभागका पाँच जना अधिकृतसहित सात जना दलाललाई पक्राउ गरेको छ ।
अख्तियारले करिब आधा ट्रक नक्कली कागजात समेत जफत गरी अनुसन्धान सुरु गरेको जनाइएको छ । स्रोतले जानकारी दिए अनुसार हजारौं थान नक्कली लाइसेन्स, ब्लु बुक लगायतका कागजपत्र जफत गरेको हो । यातायात विभागमा व्यापक अनियमितता भएको जनगुनासोका साथै उजुरी परेपछि अख्तियारले छापा मारेको हो । अनुसन्धानका लागि अख्तियारले विभागका विद्युतीय सामाग्री समेत नियन्त्रणमा लिएको छ । विशेषगरी यातायात विभागमा मोटो रकम लिएर लाइसेन्स र ब्लु बुकको कारोबार हुने गर्दथ्यो ।