कपिलवस्तुमा नीलगाईको आतङ्ककपिलवस्तुमा नीलगाईको आतङ्क

२०७१ जेष्ठ ५ गते, सोमबार


काठमाडौँ ,५ जेठ। कपिलवस्तुको हथौसामा नीलगाईको आतङ्कबाट किसान हैरान भएको छ । किसानले लगाएको तरकारी भेन्डी, साग, लौका, बोडीलाई गाउँ आसपासका जङ्गलबाट आएका नीलगाईले खाई सखाप पारेपछि किसानलाई पुन्पोरोमा हात समाउनुबाहेक अरू केही नरहेको हथौसा-६ का किसान देवीराम पौडेलले बताए ।
रातिको १२ बजेसम्म बसेर रखवारी गछौर्ं । १२ बजे बल्ल सुत्ने गर्छौं, बिहान उठ्दा तरकारी बारीमा बोट मात्रै हुन्छ, फल हुँदैन किसान पौडेलले गुनासो गर्नुभयो । तरकारीखेती उत्पादनबाटै घर खर्चदेखि छोराछोरीलाई पढाउने उद्देश्यले व्यावसायिक तरकारीखेती गर्न लागे पनि जङ्गली जनावरले फलेको खेती खाइदिँदा निकै समस्या भएको उनको भनाइ छ ।
अर्का कृषक बिमा पौडेलले राति अबेरसम्म तरकारी बारीमा रखवारी गरी अब आएन भनी सबै सुत्न जान्छौँ, राति १/२ बजेकै समयमा नीलगाईहरुले तरकारी सखाप पार्छन् भने । सो समस्याबारे वन कार्यालयलाई जानकारी गराए पनि सो समस्याबारे कुनै सुनुवाइ नभएको गुनासो किसानको छ ।
यसैबीच सेक्टर वन कार्यालय पिपराका प्रमुख सुरेन्द्र श्रेष्ठले नीलगाई आतंकबारे अहिलेसम्म कसैले आफूलाई जानकारी नगराएको र अब छिट्टै यसको समाधानतर्फ पहल गरिने बताएका छन् । राष्ट्रिय वनमा डढेलो लागेपछि नीलगाईहरु बस्तीमा पस्न थालेको किसानहरुको भनाइ छ । -रासस

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु