पेट्रोलियम पदार्थको वितरण सामान्य हुन् दुई दिन लाग्ने

२०७१ जेष्ठ ६ गते, मंगलवार

काठमाडौँ ,६ जेठ।भारतमा चुनावको कारणले असहज भएको पेट्रोलियम पदार्थको आपूर्ति र वितरण सामान्य हुन अझै एक दुई दिन लाग्ने बताइएको छ ।भारतमा चुनावको कारणले रक्सौल डिपोबाट तेल आपूर्तिमा कमी आएकोले अहिले केही अभाव भएको र एक दुई दिनमा सामान्य हुने आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले बताए ।सोमबारदेखि रक्सौलबाट पर्याप्त तेल आउन सुरु भएको भन्दै उनले बुधबारसम्ममा तेलको आपूर्ति केहि सहज हुने बताए । सोमबार काठमाडौं उपत्यकामा ३ लाख लिटर तेल आपूर्ति गरेको र मंगलबार पनि त्यहि हाराहारीमा तेल बजारमा पठाउने उनले बताए ।
यस्तै कम गुणस्तरको पेट्रोल आएकोले अभाव देखिएको भन्ने ब्यवसायीको भनाई असत्य रहेको निगमले दावी गरेको छ । निगमका प्रवक्ता घिमिरेले ईन्डियन आयल कर्पोरेसनबाट खरिद गरि विक्री वितरण गरिएको पेट्रोल गुणस्तरका लागि हुनुपर्ने तोकिएको मापदण्ड भित्रै रहेको ठोकुवा गरे ।साथै उनले यसको थप पुष्टिका लागि वितरण गरिएको पेट्रोलको नमुना संकलन गरि परीक्षणको लागि गुणस्तर तथा नापतौल विभागमा पठाईएको बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु