न्यायाधीश नियुक्तिको संसदीय सुनुवाइ सुरुहुदै
काठमाडौं ,९ जेठ । अन्तत न्यायाधीश नियुक्तिको संसदीय सुनुवाइ सुरु हुने भएको छ ।व्यवस्थापिका संसदको संसदीय सुनुवाइ विशेष समितिमा भएको लामो बहस र विवादपछि न्यायपरिषद्द्धारा प्रस्तावित सर्वोच्च अदालतका आठ न्यायाधीशको संसदीय सुनुवाई सुरु भएको हो ।समितिले प्रस्तावित न्यायाधीश वैद्यनाथ उपाध्यायलाई बोलाएर सुनुवाई सुरु गरेको छ ।एक महिनाअघि न्यायपरिषदले पुनरावेदन अदालतका मुख्य न्यायाधीशहरु वैद्यनाथ उपाध्याय, गोपाल पराजुली, दीपकराज जोशी, गोविन्दकुमार उपाध्याय, ओमप्रकाश मिश्र, देवेन्द्रगोपाल श्रेष्ठ, चोलेन्द्र शमशेर जबरा र जगदीश शर्मा पौडेललाई सिफारिस गरेको थियो ।
गत बैशाख ९ गते नै गरिएको यो सिफारिस विवादित बनेपछि संसदीय सुनुवाइ प्रक्रिया अघि बढ्न सकेको थिएन ।पहिले चार जनाको सुनुवाइ हुने र मध्यान्ह पछि बाँकी छार जनाको सुनुवाइ हुने छ ।