निर्देशक शिव बिकमाथि यौन दुराचारको आरोप निर्देशक शिव बिकमाथि यौन दुराचारको आरोप

काठमाडौँ ।नेपाली लोक, आधुनिक र चलचित्रका गीतमा समेत निर्देशन गरीसकेका निर्देशक शिव बिकलाई यौन दुराचारको गम्भिर आरोप लागेको छ ।
निर्देशक बिकले पुतलीसडकमा रहेको आफ्नै कार्यालयमा म्यूजिक भिडियोमा अभिनय गर्न आएकी एक युवतीलाई यौन दुराचार गरेको आरोप लागेको छ ।
म्यूजिक भिडियोमा अभिनय गर्न आएकी नाम परिवर्तन ( बिनिता )लाई शिव बिकले जबरजस्ती गर्न खोजेको आरोप लागेको छ ।आफूलाई जबरजस्ती बलात्कार गर्न खोजेको उनले बताइन् । निर्देशक शिव बिकले आफूलाई गरेको व्यवहारबारेको झण्डै ६ मिनेट लामो उनको बयान रेकर्ड नेपाली आफुसग सुरक्षित भएको उनले बताएकी छिन । उनले भनेकी छन् ‘फोटो सुट गर्न छ भनेर मलाई कार्यालयमा बोलाएर चियामा लठ्याउने औषधी राखी खान दिएका थिए । ’
उनले थपिन् ‘मैले पलाष्टिकको गिलासमा बाहिरैबाट त्यो औषधी देखेपछि खाइन् ।चिया पिए लगत्तै शिवले हातपात गरेको र आफूले प्रतिकार गरेको उनले बताएकी छिन ।बिकले आफूलाई पहिले देखि नै पछ्याइरहेको उनको दावी छ । म्यूजिक भिडियोमा अभिनय गर्ने आफ्नो रहर भएको बताउने ती युवतीले केही भिडियोमा काम समेत गरीसकेकी छन् । दुव्र्यबहार गरेपछि उनले आफूलाई यस्तो व्यवहार मन नपरेको र घटना सार्वजनिक गर्छु भनेर बिकलाई मोवाइलमार्फत एसएमएस पठाएको समेत उनले बताइन् ।