क्रान्तिकारी पत्रकार महासंघमा विवाद
काठमाडौं, १२ जेठ । नेकपा -माओवादी निकटका प्रत्रकारहरुको संघठन क्रान्तिकारी पत्रकार महासंघ विवाद देखिएको छ । महासंघका संयोजक कुमार शाह र प्रचार मोर्चा हर्ेर्ने महेश्वर दाहालले आइतबार आफू निकटका केहीलाई जम्मा गरी नेवाः राज्य समितिको नयाँ संगठन बनाएपछि विवाद भएको हो ।
महासंघका नेवा राज्य संयोजक घनश्याम श्रेष्ठ ‘पुष्कर’को अध्यक्षतामा सोमबार राजधानीमा बसेको आकस्मिक बैठकले संगठनको विधि, पद्धति र गरिमामाथि आँच पुर्याउने यस्ता भ्रममा नपर्न आग्रह गर्दछौं’ विज्ञप्तिमा भनिएको छ ।
बैठकपछि संयोजक श्रेष्ठ, क्रान्तिकारी पत्रकार महासंघ काठमाडौं जिल्ला समिति संयोजक धनबहादुर मगर र महासंघका ललितपुर जिल्ला समिति संयोजक हिम विष्टद्वारा हस्ताक्षरित संयुक्त विज्ञप्ती र्सार्वजनिक गरी श्रृखलाबद्ध रुपमा फैलाईएका हल्लाहरु फगत भ्रम फैलाउन मात्र गरिएको स्पष्ट पारेको छ ।
‘महासंघको आधिकारी पद्धतिहरु धुमिल्याउने गरी भएका गतिविधि र आएका हल्लाहरु अनाधिकृत भएकाले कुनै प्रकारको भ्रममा नपर्न सबै पत्रकार तथा सन्चार माध्यमहरुलाई आग्रह गर्दछौं’ विज्ञप्तीमा उल्लेख छ ।
यस्तै क्रान्तिकारी पत्रकार महासंघका चार वटा आंगिक संगठनहरुले पनि अनाधिकृत रुपमा आएका यस्ता भ्रमहरुमा कुनै सत्यता नभएको भन्दै यस्ता भ्रम र हल्लाहरुप्रति आफ्नो गम्भीर ध्यानाकर्षा भएको जनाएका छन् ।
आदिवासी जनजाति उत्थान पत्रकार संघ अध्यक्ष कृष्णकुमार श्रेष्ठ ‘प्रज्वल’, जनपक्षीय रेडियो पत्रकार संघ अध्यक्ष पुष्प न्यौपाने, टेलिभिजन पत्रकार संघका अध्यक्ष सोम थापा र दलित पत्रकार संघका अध्यक्ष पदम विश्वकर्माले पनि आज विज्ञप्ती निकालेर संगठनको विधि, पद्दति र गरिमामाथि आँच पुर्याउने यस्ता भ्रमहरुलाई सम्पर्ूण्ा रुपले खारेज गर्न र गराउन माग गरिएको छ ।
विज्ञप्तीमा भनिएको छ महासंघको केन्द्रीय समितिको बैठक नै नबसी महासंघको केन्द्रीय नेतृत्वले मनपरी ढंगबाट महासंघको गरिमामाथि दाग लाग्ने गरी विभिन्न राज्य समिति र जिल्ला समिति गठन एवं पर्ुनर्गठनको अवैधानिक गतिविधि जारी राखेमा आंगिक संगठनहरु गम्भीर निर्ण्र्ाालिन बाध्य हुने कुरा पनि यसै विज्ञप्ति मार्फ जानकारी गराउँदछौं ।