मानव अधिकार आयोग स्थापना दिवस मनाइदै
काठमाडौ, १३ जेठ । स्वतन्त्र र स्वशासित सार्वजनिक निकायका रुपमा मानव अधिकार ऐन २०५३ को आधारमा २०५७ सालमा स्थापना भएकोराष्ट्रिय मानवअधिकार आयोगले आज आफ्नो चौधौं स्थापना दिवस मनाउँदैछ ।नेपालको अन्तरिम संविधान २०६३ ले राष्ट्रिय मानवअधिकार आयोगलाई संवैधानिक अंगको रुपमा स्थापना गरेको हो । आयोगले विभिन्न किसिमका विभेद, लैंगिक असमानता, हत्या हिंसा लगायतका कारण हुने मानवअधिकार उल्लंघनका घटनालाई अनुसन्धान, अध्ययन गरी आवश्यक कानुनी कारवाहीका लागि नेपाल सरकारलाई सिफारिस गर्दै आएको छ ।
दिवसका अवसरमा सन्देश दिंदै आयोगका कायम मुकायम सचिव वेदप्रसाद भट्टराईले अबका केही वर्ष भित्रै नेपालले मानव अधिकारको संरक्षण र सम्वद्र्धनको दिशामा उल्लेख्य सुधार गरी मानवअधिकारमुखी पद्धति र संस्कृतिको विकास गर्नेमा आशावादी रहेको उल्लेख गरेका छन् ।