लागुऔषधसहित दुई पक्राउ

२०७१ जेष्ठ १४ गते, बुधबार


काठमाडौं, १४ जेठ। चितवनको इलाका प्रहरी कार्यालय खैरहनीले लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको छ ।पक्राउ परेकामाथि अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय खैरहनीका प्रमुख प्रमेश विष्टले जानकारी दिए ।
चितवनको वीरेन्द्रनगर गाउँ विकास समिति-३ बाट लागुऔषधसहित उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरूमा स्थानीय २१ वर्षका विकास श्रेष्ठ र वडा नम्बर ६ बस्ने १८ वर्षका अमृत विक छन् ।गस्तीमा खटिएको प्रहरी टोलीले शङ्कास्पद गतिविधि देखे पनि युवाहरूमाथि जाँच गर्ने क्रममा उनीहरूको साथबाट फेनारगन तीन, नुफिन चार र डाइजेपाम चार थान भेटिएको विष्टले बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु