बार विशेष संवैधानिक सम्मेलन गर्दैबार विशेष संवैधानिक सम्मेलन गर्दै

२०७१ जेष्ठ १५ गते, बिहीबार


काठमाडौ, १५ जेठ । गणतन्त्र दिवसका अवसरमा नेपाल बार एसोसिएसनले विशेष संवैधानिक सम्मेलन गर्ने भएको छ ।आजदेखि तीन दिनसम्म संवैधानिक सम्मेलन गरिनेछ । सम्मेलनमा राज्यको शासकीय स्वरूप, मौलिक हक, संवैधानिक हक, नागरिकता तथा समावेशीता, राज्यको पुनःसंरचनाका आधार, निर्वाचन प्रणाली र न्यायपालिकाका विषयमा २९ वटा कार्यपत्र प्रस्तुत हुनेभएको छ ।
पाँचवटै विषयमा प्रस्तुत प्रतिवेदन र छलफलबाट प्राप्त सुझावलाई पूर्व सभासद् र वर्तमान सभासद् रहनुभएका कानुन व्यवसायीहरू राधेश्याम अधिकारी, अग्नि खरेल, पुष्पा भुसाल, खिमलाल देवकोटा, एकराज भण्डारी र लक्ष्मणलाल कर्णसहितको टोलीले निष्कर्ष निकाल्ने भएको छ ।
प्रधानमन्त्री सुशील कोइरालाले उद्घाटन सम्मेलन उद्घाटन र समापन समारोहमा प्रस्तुत कार्यपत्र र छलफलमा उठेका विषयहरूलाई समेटी तयार पारिएको प्रतिवेदन संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई हस्तान्तरण गरिने भएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु