लोडसेडिङ – अब सातामा ५६घण्टामात्र

२०७१ जेष्ठ १७ गते, शनिबार

काठमाडौ, १७ जेठ । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको समय घटाएर नयाँ तालिका सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।केहीदिनयता प्राधिकरणले अघोषित रुपमा लोडसेडिङ कम गरेको छ । वर्षका कारण नदी र जलाशयमा पानीको मात्र बढेसँगै प्राधकिरणले लोडसेडिङ घटाएको हो । प्राधिकरणले दैनिक २ घण्टा लोडसेडिङ कम गर्ने जनाएको छ ।लोडसेडिङ कम गरेपछि अब हप्तामा ५६ घण्टा मात्रै बिजुली जान्छ । गत वैशाख ३१ गते साताको १४ घण्टा लोडसेडिङ कम गरेर ७० घण्टामा झारेको थियो । उक्त समयमा हप्ताको १ दिन १२ घण्टा, २ दिन १० घण्टा र ३ दिन ९ घण्टा विद्युत कटौती गर्दै आएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु