अन्तर्राष्ट्रिय दूध दिवस मनाइदै
काठमाडौ, १८ जेठ । ‘स्वच्छ दुध पिऔं, स्वास्थ्य र समृद्ध जिवन जिऔं’ भन्ने नाराका साथ आज अन्र्तराष्ट्रिय दूध दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।विश्वमा सन् २००१ देखि यो दिवस मनाउन सुरु गरिए पनि नेपालमा भने तीन वर्ष अघिदेखि मात्रै यो दिवस मनाउन सुरु गरिएको हो ।दिवसका अवसरमा राष्ट्रिय दुग्ध बिकास बोर्ड, दुग्ध बिकास संस्थान, पशु उत्पादन निर्देशनालय लगायतका संस्थाहरुले विविध कार्यक्रमको आयोजना गरेका छन् ।
दिवसकै अवसरमा दुग्ध श्रेत्रमा उत्कृष्ट योगदान पु¥याउने संघ सस्था तथा निकायहरुलाई सम्मान गर्ने कार्यक्रम छ । दूध एव दूधजन्य पदार्थको उपभोगबाट खाद्य पोषण सुरक्षणमा सुनिश्चित गर्ने उदेश्यले दिवस मनाउन लागिएको आयोजकले बताएका छन् ।नेपालमा लगभग १ अर्व ६२ करोड २७ लाख ५० हजार मेट्रिक टन दूध उत्पादन हुने गरेको छ ।