दरबार हत्याकाण्डको १३ बर्ष पूरा
काठमाडौ, १९ जेठ । आज जेठ १९ गते राजदरबार हत्याकाण्ड भएको १३ वर्ष पूरा भएको छ ।२०५८ साल जेठ १९ गते आजकै दिन भएको हत्याकाण्डमा तात्कालीन राजा वीरेन्द्र, रानी एश्वर्या, युवराज दीपेन्द्रसहित राजपरिवारका १० सदस्यको ज्यान गएको थियो । चर्चित हत्याकाण्ड भएको दिन शुक्रबार थियो ।
हत्याकाण्डलगत्तै तत्कालीन सभामुख तारानाथ रानाभाटको संयोजकत्वमा गठित उच्चस्तरीय छानविन समितिले घटनामा तत्कालीन युवराज दीपेन्द्रको हात रहेको उल्लेख थियो । प्रतिवेदनको निष्कर्षमा नेपाली जनता अझै विश्वस्त हुन सकिरहेका छ्रैनन् ।
दरबार हत्याकाण्ड भएको १३ बर्ष बितिसक्दा पनि बास्तविकता अझै बाहिर आउन सकेको छैन । हत्याकाण्डपछि एकाएक सक्रिय भएका पूर्व राजा ज्ञानेन्द्रको कार्यशैलीका कारण दलहरुले २०६२ ÷०६३ को आन्दोलनको बलबाट राजसस्थालाई विदाई गरेका थिए ।