सिथि नखः पर्व मनाइदै

२०७१ जेष्ठ २१ गते, बुधबार

काठमाडौ, २१ जेठ । नेपालका नेवार समुदायले आज सिथि नखः पर्व मनाउँदैछन् ।कुमार षण्ठी तिथिका दिन पर्ने यो पर्वमा कार्तिकेय कुमारको पूजा गर्ने चलन छ । काठमाडौको जैसीदेवलमा रहेको कार्तिकेय कुमारको मन्दिरमा ६ किसिमको रोटी र ६ किसिमकै तरकारी चढाएर पूजा गर्ने गरिन्छ ।
यस्तै यो पर्वमा भूमि पूजा पनि गर्ने गरिएको छ । सिथि नखः पर्व मुख्य रुपमा इनार कुवा, पोखरी लगायत पानीका श्रोतहरुको सरसफाइ गर्ने गरिन्छ । सिथि नखः पर्वलाई नेवार समूदाय र गूठी संस्थाले पानी दिवसका रुपमा पनि मनाउँदै आएकोमा यो वर्ष वातावरण दिवसको सन्दर्भमा मनाउँदैछन् ।
काठमाडौ महानगरपालिकाले बुधबार ३५ वटै वडामा इनार तथा कुवा सफा गर्दैछ । प्रिमनसून शुरु हुने बेला पानीको श्रोत सफाई गर्नुपर्छ भन्ने मान्यताका साथ इनार सफा गर्ने गरिएको हो । बुधबार सफा गरेको इनार चार दिनसम्म प्रयोग गरिंदैन । चार दिन पछि फेरि इनारमा पूजा गरेपछि मात्रै पानी प्रयोग गर्ने गरिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु