सरकार समक्ष महासंघको १५ बुँदे ध्यानाकर्षपत्र
काठमाडौं, २१ जेठ । नेपाल पत्रकार महासंघले विभिन्न १५ बुँदे ध्यानाकर्षणपत्र सरकारलाई बुझाएको छ । महासंघका अध्यक्ष डा. महेन्द्र विष्टको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले सुचना तथा सञ्चारमन्त्री तथा सरकारका प्रबक्ता डा. मिनेन्द्र रिजाललाई भेटेर ध्यानाकर्षणपत्र बुझाएको हो ।
महासंघले बुझाएको ध्यानाकर्षणपत्रमा राष्ट्रिय मिडिया आयोग तत्काल गठन गरिनुपर्ने, प्रेस काउन्सिल नेपाललाई विद्युतीय सञ्चारमाध्यमको पनि बनाउनुपर्ने तथा श्रमजीवि पत्रकार ऐन कार्यन्वयन गर्नुपर्ने माग समेटिएका छन् । यस्तै पत्रकार महासंघले द्वन्द्वपीडित पत्रकारहरुका लागि बनाइएको कोष सञ्चालन गर्नुपर्ने माग पनि गरेको छ ।
यसैगरी सरकारी सञ्चारमाध्यममा रहेका करार तथा अस्थायी कर्मचारीलाई स्वतः स्थायी बनाउनुपर्ने माग पनि महासंघले ध्यानाकर्षणपत्रमा बुझाएको छ । ध्यानाकर्षणपत्र बुझ्दै सञ्चारमन्त्री डा. रिजालले आफुले सम्बन्धीत निकाय सँग समन्वयन गरेर अघि बढ्ने प्रतिबद्वता जनाए । सरकारी सञ्चारमाध्यमको सन्दर्भमा सम्बन्धित निकायसँग समन्वयन नहुँदासम्म आफुले कुनै निर्णय गर्न नसक्ने मन्त्री रिजालले बताए ।