विश्व वातावरण दिवस मनाइदै
काठमाडौं ,२२ जेठ। हिमाल बचाऔं वातावरण जोगाऔं’ भन्ने नाराका साथ आज विश्व वातावरण दिवस मनाइँदैछ ।‘ विश्वव्यापी रुपमा वातावरणीय असुरक्षा बढिरहेको बेला वातावरणको संरक्षण गर्ने सन्देश प्रवाह गर्दै मनाउन लागिएको यस वर्षको वातावरण दिवस हिमाल संरक्षणमा केन्द्रीत हुने वातावरण संरक्षणका क्षेत्रमा काम गर्ने संस्थाका अगुवाहरुले बताएका छन् । नेपालमा रहेका हिमालहरु जोखिममा परेको र बढ्दो जलवायु परिवर्तनसँगै हिमालमा हिँउ पग्लनेक्रम बढ्दा हिमताल तथा हिमाल जोखिममा परेको बताएका छन् ।
दिवसको अवसरमा आफ्नो क्षेत्रको वातावरण संरक्षणमा आफैले ध्यानदिनुपर्ने सन्देश प्रवाहका साथ आजको दिवस मनाउने तयारी भएको छ ।
दिवसकै अवसरमा वातावरण मन्त्रालयले वातावरण संरक्षण सम्बन्धी चित्रकला प्रदर्शनी, विभिन्न प्रतियोगिता, जनचेतनामुकल र्याली, वृक्षरोपण, सरसफाइलगायतका कार्यक्रमको आयोजना गरेको छ ।