महिला सभासदलाइ मुक्का
काठमाण्डौ,२८ जेठ । नेपाली कांग्रेसको सिफारीसमा सभासद भएकी सभासद रिता शाहीमाथी संविधानसभा भवन जादै गर्दा मुक्का प्रहार भएको छ । उनलाई पुरानो बानेश्वर निवासबाट संविधानसभा भवन नया बानेश्वर जादै गर्दा मुक्का प्रहार भएको हो । हातपात गर्नेको पहिचान भने हुन् सकेको छैन् । उनलाई सभासद भएको थाहा पाएपछि एक जना युवाले दुई मुक्का प्रहार गरेका थिए । सभासद शाहीमाथी मुक्का प्रहार भएपछि वुधवार महिला सभासदहरुले संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको ध्यानआकर्षण गराएका छन् ।