डाक्टरको अक्षर सुधार्न अभियान !
काठमाडौं, २ असार । सरकारले आगामी आर्थिक वर्षदेखि देशभरीका अस्पतालमा डाक्टरको अक्षर सुधार गर्ने अभियान थाल्ने भएको छ । डाक्टरले लेख्ने अक्षर नबुझिने हुँदा विरामीका आफन्त र कतिपय अवस्थामा औषधि विक्रेता पनि झुक्किने भएपछि काठमाडौका केही ठूला अस्पतालमा सुरु भएको यो अभियान नयाँ आर्थिक वर्षदेखि देशैभरी विस्तार गर्ने तयारी गरिएको हो । यसका साथै डाक्टरले आफ्नो क्लिनिक वा निश्चित पसलमा मात्र पाइने निश्चित कम्पनीकै औषधी खरिद गर्न बाध्य बनाउन नपाउनेगरी नियम लगाउने तयारी पनि भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार चिकित्सकले औषधीको प्रेस्किप्सन लेख्दा सरकारले खरिद गरेका र बजारमा सहजै पाउने कम्पनीका औषधीलाई प्राथमिकता दिनुपर्ने र प्रेस्किप्सनमा सबैले बुझ्ने गरि अंग्रेजी ठूलो अक्षरमा औषधीको नाम लेख्नुपर्ने ब्यवस्था गर्न लागिएको हो ।