प्रधानसेनापति राणा स्वदेश फिर्ता

२०७१ असार ४ गते, बुधबार


काठमाडौ, असार ४ । प्रधानसेनापति गौरवशम्शेर राणा दक्षिण छिमेकी भारतको औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् ।भारतको स्थल सेनाध्यक्ष जनरल विक्रम सिंहको निमन्त्रणामा देहरादुनस्थित इन्डियन मिलिटरी एकेडेमीमा सञ्चालित अधिकृत आधार तालिमको आयुक्त पद प्रदान कवाज समारोहमा सहभागी भएर राणा मंगलबार स्वदेश फर्केका हुन् ।समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी हुन राणा गत जेठ २७ गते त्यसतर्फ प्रस्थान गरेका थिए । तालिमको अन्तिम दीक्षान्त समारोहको निरीक्षण, कवाजलाई सम्बोधन गर्नुका साथै सर्वाेत्कृष्ट हुने अधिकृत क्याडेटलाई सोर्ड अफ अनर प्रदान गरेका थिए ।उक्त अवसरमा प्रधानसेनापति राणाले इन्डियन मिलिटेरी एकेडेमीका कमाण्डाण्ट लेफ्टीनेन्ट जनरल मनभेन्डर सिंहसाग भेटवार्ताका क्रममा द्विपक्षीय हित तथा तालिम आदानप्रदानका विषयमा छलफल गरेका थिए ।
भारत बसाइका क्रममा राणाले भारतीय समकक्षी जनरल विक्रम सिाह, वायु सेना प्रमुख मार्शल अरुप राह र जल सेनाका भाइस एडमिरल सुनील लम्बासँग छुट्टाछुट्टै भेटवार्ता गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
यस किसिमको उच्च सैनिक नेतृत्वको भ्रमणले नेपाली सेना र भारतीय सेनाबीच रहादै आएको पारस्परिक सौहार्दपूर्ण सम्बन्धलाई अझ सुमधुर, दरिलो एवम् विस्तार गर्न थप टेवा पुगेको विश्वास नेपाली सेनाले लिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु