मनसुन संघारमै

२०७१ असार ५ गते, बिहीबार


काठमाडौँ, ५ असार । यसवर्षको मनसुन संघारमै आइपुगेको मौसमविदले बताएका छन् ।देशभरको मौसम बदली भएको र शुक्रबार वा शनिबार मनसुन प्रवेश हुने संकेत देखिएको मौसमविद वरुण पौडेलले जानकारी दिए । बंगालको खाडीबाट आउने वायुको प्रभाव बलियो र स्थायी प्रकृतिको भएपछि तथा पश्चिमी वायु कमजोर बनेपछि मात्र औपचारिक रुपमा मनसुन भित्रिएको घोषणा गरिन्छ ।सामान्यतया जुन १० को आसपासमा मनसुन सुरु हुने भएपनि ढिलाई भएको छ । नेपाल लगायत दक्षिण एसियाको विभिन्न स्थानमा देखापर्ने मनसुनको उत्पत्ति हिन्द महासागरमा हुने गर्छ ।त्यहाँबाट बंगालको खाडी हुँदै दक्षिणपूर्वी दिशाबाट मनसुन नेपालको पूर्वी भेगमा प्रवेश गर्ने गर्छ । बुधबार राती काठमाडौ सहित देशका धेरै ठाउँमा पानी परेको छ । बिहीबार पनि पानी पर्ने जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु